January 25, 2017

सिके राउतलाई छुट दिने अनि ज्ञानेन्द्रलाई हप्काउनेहरु घृणित हुन्

पूर्वराजा ज्ञानेन्द्र शाहले देशको चिन्ता लिएर बोल्न पाइन्न भन्ने अधिकार नेपालका राजनीतिक दलका नेताहरुसँग छैन । नेपालमा ज्ञानेन्द्र महाराजाको हैसियतमा रहेको बेला उनले शेरबहादुर देउवालाई असक्षम भनि पद च्यूत गरेका थिए । त्यो बेला उनले गल्ति गरेका थिए ।arun-muar-subedi-nepalaaja-06

उनले जे गल्ति गरेका थिए, त्यही गल्ति अहिले राजनीतिक दलका नेताहरुले गरिरहेका छन् । शेरबहादुर असक्षम नै थिए होलान्, त्यो कुरा पत्याउन सकिन्छ । तर उनी असक्षम हुन् भन्ने अधिकार चाहिँ त्यो बेला ज्ञानेन्द्रलाई थिएन । उनी कसैलाई सक्षम र असक्षम भन्ने अधिकार राख्दैनन् थिए । किनभने देशमा सार्बभौम त जनता हुन्छन् । जनताले मत दिएका हुन्छन् । जनताले नै असक्षम भन्न सक्छन् अरुले सक्दैनन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई दरबार हत्यकाण्डको मुख्य योजनाकार भने पनि बात लगाइन्छ । यो औपचारिक बात होइन । अनौपचारिक ढंगबाट सडकमा गरिने हल्ला हुन । यदि मुख्य जोजनाकार नै मान्ने हो भने सरकारले उनलाई कारबाही गरे भयो नी त । न उनीसँग सेना छ, न प्रहरी न कुनै पावर । वर्तमान सरकारलाई दरबार हत्यकाण्डको वास्ताविकता थाहा पाउने के कुराले रोकेको छ ?

अर्को कुरा दरबार हत्याकाण्ड भएर दरबारको बागडोर आफ्नो हातमा आयो । ज्ञानेन्द्र राजा भए । त्यो राजपाठ सम्हाल्न सकेनन् । दरबार छाडेर हिँडे । गणतन्त्रलाई स्वीकार गरे । यस्ता व्यक्तिले दरबार हत्यकाण्ड जस्तो भयानक, षडयन्त्र गर्न सकेका होलान र ? सोचनीय विषय यहाँ छ ।

केही नेताहरुले पूर्वराजालाई जेल हाल्छ पनि भन्ने गरेका छन् । तर के भनेर हाल्ने जेल ? जेल हाल्छु भन्नेको के औकात छ ? यसकारण यस्तो सम्भव छैन । ज्ञानेन्द्र त गणतन्त्र स्वीकार गर्ने पहिलो नेपाली हुन् । उनी गणतन्त्रमा छन् तर पनि उनको शीर ठाडो छ । उनले गणतान्त्रिक संस्थाहरुलाई स्वीकारेका छन् । तर ज्ञानेन्द्रलाई हटाएर हामीले जो नेतालाई राज्य सञ्चालनमा पुर्याएका छौं ती नेताहरुको शीर निहुरिएको छ ।

ज्ञानेन्द्रले कसरी दरबार छाडेका हुन भन्ने बुझ्नु पर्छ । त्यो बेलाको काम चलाउ सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका गृहमन्त्री जसको गृहमन्त्री त के संसदमा प्रवेश गर्न कुनै औकात थिएन । त्यस्तो अवैधानिक व्यक्तिले तत्कालीन दरबार सचिवालयमा एउटा चिठ्ठी लिएर जान्छ । त्यो चिठ्ठीलाई वैधानिकता दिएर राजाले पत्रकार सम्मेलन गरेर दरबार छाडिदिएका थिए ।

अतः उनले त्यो बेला सजिलै गणतन्त्र बहाली गरिदिए । अहिले भनिन्छ कि पूर्वराजाले बोल्नै हुँदैन । त्यस्तो हो भने कानुन नै बनाए भै गयो नी । कानुनमा ‘पूर्वराष्ट्रअध्यक्षहरुले, पूर्वराजपरिवार सदस्यहरुले मुलुकको चिन्ता गर्न पाउने छैनन्’ भनेर लेखे भइहाल्यो । त्यो पनि गर्न नसक्ने, बोल्नु हुँन्न पनि भन्ने यस्तो गर्न मिल्दैन ।

(राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीसँग गरिएको कुराकानीका आधारमा यो लेख तयार पारिएको हो । कुराकानीको भिडियो तलको लिंकमा हेर्न सकिनेछ । )  : नेपाल आजबाट साभार गरिएको /

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन