January 25, 2017

आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेजः सरकार-मोर्चाबीच सहमति जुटेन

१२ माघ, काठमाडौं । बुधबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले सरकार र मधेशी मोर्चाबीच भएको बार्तामा सहमति

जुट्न नसकेको विषयका समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । त्यस्तै, सरकारी वकिलहरु आन्दोलन फिर्ता गरेर इजलास फर्किएको समाचारलाई धेरैजसो पत्रिकाले फ्रन्टपेजमा छापेका छन् ।IMG_9116

राजधानी दैनिकले ‘थ्रेसहोल्ड र संयुक्त चनाव चिह्न शीर्ष तहबाटै’ शीर्षकको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ । त्यस्तै एमालेले पार्टीको कार्यक्रममा औपचारिकता त्याग्दै गएको समाचारलाई पनि फ्रन्टपेजमा छापेको छ ।

 

नयाँ पत्रिका दैनिकले राजधानीका सडक बेहाल भएको समाचारलाई ब्यानर बनाएर प्रकाशित गरेको छ । त्यस्तै विदेश जाने कामदारलाई २७ लाखसम्मको बिमा दिने प्रधानमन्त्रीको घोषणालाई महत्वका साथ छापेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले गोरखाका स्वास्थ्यचौकीमा औषधि अभाव भएको समाचारलाई प्राथमिकता दिएको छ ।

नागरिक दैनिकले शोषणका कारण वैदेशिक रोजगारीमा गएकाहरुले आत्महत्या गर्ने क्रम बढेको समाचारलाई महत्वका साथ छापेको छ ।

कान्तिपुर दैनिकले स्थानीय तहमा महिला प्रमुख र उपप्रमुख अनिवार्य गरिएको समाचारलाई प्राथमिकता दिएको छ ।

गोरखापत्र दैनिकले वैदेशिक रोजगारीमा गएकोहरुको बिमा रकम दोब्बर पार्ने प्रधानमन्त्रीको घोषणासम्बन्धी समाचार र दशवटा नयाँ सहरको भौतिक पूर्वाधार निर्माण सुरु भएको समाचारलाई महत्व दिएको छ ।

नेपाल समाचारपत्र दैनिकले ‘विद्युत् चोर कर्मचारीको सम्पत्ति पनि छानविन हुने’ समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र