January 25, 2017

आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेजः सरकार-मोर्चाबीच सहमति जुटेन

१२ माघ, काठमाडौं । बुधबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले सरकार र मधेशी मोर्चाबीच भएको बार्तामा सहमति

जुट्न नसकेको विषयका समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । त्यस्तै, सरकारी वकिलहरु आन्दोलन फिर्ता गरेर इजलास फर्किएको समाचारलाई धेरैजसो पत्रिकाले फ्रन्टपेजमा छापेका छन् ।IMG_9116

राजधानी दैनिकले ‘थ्रेसहोल्ड र संयुक्त चनाव चिह्न शीर्ष तहबाटै’ शीर्षकको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ । त्यस्तै एमालेले पार्टीको कार्यक्रममा औपचारिकता त्याग्दै गएको समाचारलाई पनि फ्रन्टपेजमा छापेको छ ।

 

नयाँ पत्रिका दैनिकले राजधानीका सडक बेहाल भएको समाचारलाई ब्यानर बनाएर प्रकाशित गरेको छ । त्यस्तै विदेश जाने कामदारलाई २७ लाखसम्मको बिमा दिने प्रधानमन्त्रीको घोषणालाई महत्वका साथ छापेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले गोरखाका स्वास्थ्यचौकीमा औषधि अभाव भएको समाचारलाई प्राथमिकता दिएको छ ।

नागरिक दैनिकले शोषणका कारण वैदेशिक रोजगारीमा गएकाहरुले आत्महत्या गर्ने क्रम बढेको समाचारलाई महत्वका साथ छापेको छ ।

कान्तिपुर दैनिकले स्थानीय तहमा महिला प्रमुख र उपप्रमुख अनिवार्य गरिएको समाचारलाई प्राथमिकता दिएको छ ।

गोरखापत्र दैनिकले वैदेशिक रोजगारीमा गएकोहरुको बिमा रकम दोब्बर पार्ने प्रधानमन्त्रीको घोषणासम्बन्धी समाचार र दशवटा नयाँ सहरको भौतिक पूर्वाधार निर्माण सुरु भएको समाचारलाई महत्व दिएको छ ।

नेपाल समाचारपत्र दैनिकले ‘विद्युत् चोर कर्मचारीको सम्पत्ति पनि छानविन हुने’ समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका