११ माघ, काठमाडौं । मंगलबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले निर्वाचनसम्बन्धी विधेयकको प्रक्रिया अघि बढे पनि कहिले र कुन निर्वाचन गराउने ? भन्नेमा दलहरुबीच एकमत हुन नसकेको सन्दर्भका समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।
नयाँ पत्रिका दैनिकले महाराजगंजस्थित शिक्षण अस्पतालले निजी अस्पतालमा बिरामी रेफर गर्ने गरेको समाचारलाई मुख्य समाचार बनाएको छ । दुई वर्ष कर्मचारी भर्ना रोक्ने प्रस्ताव लोकसेवा आयोगले अस्वीकार गरेको समाचारलाई नयाँ पत्रिकाले महत्वका साथ प्रकाशित गरेको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रधानन्यायाधीश सुशीला कार्कीले जारी समस्या समाधान गरिदिन आग्रह गरेको समाचारलाई प्राथमिकता दिएको छ । त्यस्तै, संसदमा सांसदहरुले देशमा बढ्दो राष्ट्रिय असुरक्षाबारे प्रधानमन्त्रीसँग स्पटीकरण मागेको समाचार छापिएको छ ।
राजधानी दैनिकमा निर्वाचनसम्बन्धी अन्योलसँगै चितवन राष्ट्रिय निकुञ्जमा २० अर्ना ल्याइएको समाचार महत्वका साथ प्रकाशित छ ।
नागरिक दैनिकले अपराधीलाई सहजै उन्मुक्ति दिँदा समाजमा महिला हिंसा बढेको सबाललाई मुख्य समाचार बनाएको छ । त्यस्तै भेरी बबई डाइभर्सनको बजेट स्थानान्तरण गर्न मन्त्रीहरु नै सक्रिय भएको समाचारलाई महत्व दिएको छ ।
कान्तिपुर दैनिकमा सांसदहरुले सहकारी ऐन पनि आफूअनुकुल बनाउन लागेको समाचारलाई प्राथमिकता दिएको छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन