January 22, 2017

आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेजः वैशाखभित्रै स्थानीय तहको निर्वाचन

९ माघ, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाहरुले वैशाखसम्ममा स्थानीय तहको निर्वाचन गर्न तीन दल सहमत भएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।patrapatrika

यसबाहेक, नयाँ पत्रिका दैनिकले एयरमार्सल राख्न चाहने अन्तर्राष्ट्रिय वायुसेवालाई बाटो खुला भएको र स्ववियु निर्वाचनका लागि विद्यार्थी संगठन तातेको तर त्रिभुवन विश्वविद्यालय सुस्त भएको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ

अन्नपूर्ण पोस्ट् दैनिकले संविधान संशोधनविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओली अडिग रहेको, माथिल्लो अरुण जलविद्युत आयोजना निर्माणलाई विश्व बैंकले अड्काएको र असन ढलमग्न भएको समाचारलाई महत्व दिएको छ ।

नागरिक दैनिकले सरकारले निर्वाचनभन्दा बजेटलाई बढी प्राथमिकता दिएको र महिलाको नेतृत्वमा रहेको दलसँगै महिलालाई धेरै चुनौती भएको समाचारलाई प्राथमिकता दिएको छ ।

कान्तिपुर दैनिकले टीकापुर घटना दलका नेताहरुको अभिव्यक्तिका कारण भएको अध्ययन प्रतिवेदन आएको र बालबालिकाको संख्या घट्दै गएको समाचारलाई महत्व दिएको छ ।

गोरखापत्र दैनिकले सम्पदा पुनर्निर्माण कछुवाको गतिमा भएको र स्वास्थ्य बिमा प्रभावकारी बन्दै गएको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित