काठमाडौं । खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टीले सात वटा प्रदेश संख्या नमान्ने बताएको छ । पार्टीको चौबिसौं स्थापना दिवसमा राजधानीको संवाद डबलीमा आयोजित ‘भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम’मा सो कुरा बताएको हो ।
सांसद समेत रहेका सो पार्टीका अध्यक्ष रामकुमार राईले अहिले कायम गरिएका सात वटा प्रदेशको अवधारणा आफ्नो पार्टीको स्वीकार्य नहुने बताए । ‘सात वटा प्रदेशले आत्मनिर्णय अधिकार र स्वायत्तता दिन सक्दैन, प्रदेश संख्या पनि कम भएको छ’ अध्यक्ष राईले भने ‘भौगोलिक र जातीय पहिचान झल्कने गरी प्रदेश बनाउनुपर्छ ।’
पहिचान, भूगोल र सामथ्र्यको आधारमा प्रदेशको निर्माण र नामाकरण गरिनुपर्ने उनको जोड रहेको छ । थुप्रै गणराज्य मिलेर बनाउने गरी देशमा गणतन्त्र आएको बताउँदै उनले भने ‘मोरङ, झापा, सुनसरीसहित पूर्वका १४ वटा जिल्लालाई खम्बुवान बनाउनुपर्छ ।’
चौबिस वर्षको संघर्षपछि खम्बुवानीहरुले गणराज्यसहितको संविधान प्राप्त प्राप्त गरेको भन्दै खम्बुवानीहरुले रगत हैन पसिना बगाउनुपर्ने बताए । ‘एक नम्बर प्रदेशमा पर्ने चौध जिल्लाका खम्बुवान प्रदेशलाई आगामी दुई वर्षभित्र समृद्ध बनाउन सम्पूर्ण खम्बुवानी डटेर लाग्नुपर्छ’ राईले भने ‘संविधान कार्यान्वयन भएको दुई वर्षभित्र खम्बुवानका जनता सुनको घर हाल्न सक्ने हुन्छन् ।’ खम्बुवान जात नभई किरात, राइ, लिम्बूको एक मात्र पूर्खाको पहिचान भएको उनले बताए ।
माओवादी केन्द्रका नेता गोपाल किरातीले खम्बुवान आन्दोलनमा रहुन्जेल खम्बु लेखेको र पछि उग्र बनेर खम्बु हटाएर सिंगो खम्बुवानी आन्दोलनलाई धोका दिएको बताए ।
अध्यक्ष राईले एक अर्को प्रसंगमा धर्म निरपेक्षता बाहुन–क्षेत्रीकै कारण आएको बताए । ‘बाहुन र क्षेत्रीबीचकै अन्तरद्वन्द्वले देशमा धर्मनिरपेक्षता आएको हो । कुनै आदिवासी जनजातिले गर्दा होइन ।’
तत्कालीन एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड बाहुन भएर पनि धर्म निरपेक्षताको पक्षमा खुलेर लागेको राईको भनाई छ । तर अध्यक्ष प्रचण्डले माक्र्सवादको प्रयोग नेपालभित्र गलत तरिकाबाट गरेको आरोप लगाए ।
त्यस्तै राईले संसद फटाहनै फटाहहरु बस्ने ठाउँ भएको बताए । ‘लेनिनले भन्नुभएको थियो संसद खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ हो, यहाँ बस्ने सबै फटाहनै फटाह मात्र हुन्छन् उनले भने ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने वक्ताहरुले जातीय अन्याय र विभेदविरुद्ध पार्टीको ‘बाँचे जीवन, मरे चिहान’ नारालाई आत्मसात गर्नपर्नेमा जोड दिए । आफूहरुलाई राज्यले पूरा अधिकार नदिई घाइते बाघको अवस्थामा पुर्याएको उनीहरुको भनाई छ ।
कार्यक्रममा श्यामकुमार राई, राजेन्द्र दुष्ट राई, ऋषि खम्बु राई, सुवास राई, सपना राई, शान्तिराज राईलगायतले शुभकामना मन्तव्य राखे । एक नम्बर प्रदेशलाई तलमाथि गरी ताम्सालिङ, मधेस, मगरात, थरुहट, खसान, तमुवानबाट नामाकरण गर्नुका साथै प्रदेश संख्या बढाउनुपर्नेमा जोड दिए ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक