October 16, 2017

हङकङसँगको खेल रद्ध भएपछि ….

३० असोज, काठमाडौं : विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपमा हङकङ विरुद्ध खराब प्रदर्शन गरेपछि नेपाल डिभिजन टू मा झरेको छ ।

images (1)पहिलो खेल ८३ रनले गुमाएको नेपाल आजको खेल वर्षाका कारण रद्द भएसँगै घटुवा भएको हो । अब संयुक्त अरब इमिरेट्स (युइए) सँगको दुवै खेल जित्दा पनि नेपाल शीर्ष ४ मा नपर्ने भएपछि डिभिजन टू मा घटुवा भएको हो । डब्लूसिएलका शीर्ष ४ टोली विश्व कप छनोटमा पुग्नेछन् भने पुछारका ४ टोली डिभिजन २ मा झर्छन् ।

समुन्द्रिक आँधी र वर्षाका कारण आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीचको आजको खेल रद्द भयो र दुवै टिमले एक एक अंक बाँडे । हङकङ १४ अंकसहित अंक तालिकाको चौंथो स्थानमा पुगेको छ । समान १२ खेलबाट ९ अंक जोडेको नेपाल छैटौं स्थानमा छ ।

अब नेपालले बाँकी दुवै खेल जितेमा पनि १३ अंक मात्रै हुनेछ । नेपालले अब फेबु्रअरिमा नामिबियामा हुने डिभिजन टूको शीर्ष दुईमा परे मात्र विश्वकप छनोट खेल्न पाउनेछ । डिभिजन टूमा नेपाल, नामिबिया र युएई सहित ६ टोली हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति