स्वतन्त्र उमेदवारीको तयारीमा समाजसेवी श्रीभक्त कासिछवा


१३ असोज,भक्तपुर। समाजसेवी तथा उद्योगवाणिज्य संघ चांगुनारायणका अध्यक्ष श्रीभक्त कासिछवाले  स्वतन्त्र उमेदवारी दिने तयारी गरिरहेको बताउनु भएको छ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं-१ प्रदेश  ख बाट स्वतन्त्र उमेदवारी दिने तयारी गरेको जानकारी दिंदै उहाँले भन्नुभयो । ‘स्वतन्त्र बाट को-को उठ्छन पात्रहरू एकपटक हेरौं।चित्तबुझ्दो पात्रहरु नभेटिएमा स्वतन्त्र बाट निर्वाचन लड्ने होकि भन्ने सोच्दै छु।जितिय जितिन्छ नजिते हराउनत सकिन्छनी भन्ने धारणा आफ्नो रहेको बताउनुभएको छ ।’

पार्टी राजनीति बाट अघाउनुभएको हो ? भन्ने प्रशङ्गमा उहाँले भन्नुभयो ‘पार्टीहरुले राम्रो काम गरेनन् । स्थानीय निर्वाचनमा हाम्रो चांगुनारायणमा एमालेको तर्फबाट मेयर सतप्रतिशत जितिन्थ्यो तर हाम्रै साथीहरुले घात गरे। धोका भयो।सुर्यको झण्डा बोकेर हिंड्ने तर भोट हाल्नेचाहिं रुखमा।मुख्य-मुख्य भनिएका कार्यकर्ताहरु कुरा ठुला गर्ने,काम फिटिक्कै नगर्ने तर जहिलेपनी टिकट उनिहरुलाई चाहिने भएपछि के हुन्छ ?

जित्नुपर्ने 

वडाहरु पनि गुमाउनुपरेको स्मरण गर्दै उहाँले भन्नुभयो ‘स्थानीय निर्वाचनको परिणाम अनुसार चारवटा वडा एमालेलाई घाटा परेको छ।ती वडाहरुमा जम्मा २०-२२ मतले  हार्नुपर्‍यो त्यस्तै मेयर २५० भोटको सांगुरो मतान्तरले हार्नुपर्‍यो।सुर्यको झण्डा बोकेर रुखलाई भोट हाल्ने काम भयो। त्यसैले अन्तरघातीलाई पार्टीले तहलगाउनु पर्छ। होईन भने म आफैं तह लगाउंछु। स्थानीय निर्वाचनको तरिकाले कसरी चुनाव जित्न सकिन्छ ? ‘ 

त्यसैले यसपटक भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेश ख बाट निर्वाचन लड्ने तयारी गरेको हुं । मेरो कति मान्छे रहेछन ? अब हेर्ने बेला भयो । ३० औं वर्ष समाजसेवा गरेको महत्व छकी छैन ? हेर्नेबेला भयो भन्ने मेरो निष्कर्ष हो । मुखले मात्रै भन्नेहोकी भोटनै दिने रहेछन् ? अब बुझ्ने बेला भएकोले उमेदवारी दिने तयारी गरेको हुं।

समाजसेवी श्रीभक्त कासिछवा बारे स्थानीय युवा व्यवसायी भजेस खड्काको धारणा           
भक्तपुर जिल्ला भरिनै युवा होस वा वृद्ध कसैलाई प्रशासनिक,आर्थिक,भौतिक जुनसुकै समस्या आईपर्दा सबैभन्दा पहिले श्रीभक्त दाईको नाम आउंछ । हाम्रो गाउँको मान्छेहरूले कि श्रीभक्त दाइ पुकार्छन कि भगवानको नाम पुकार्छन । यहाँ कसैलाई कुनै समस्या परेमा पुलिसलाई भन्दा पनि पहिले फोन श्रीभक्त दाईलाई जान्छ।         

उनिहरुको पछि लगाएर हिंडाउन पाएमा दङ्ग हुन्छन । एकदिन उनिहरुसंग नभएर आफ्नो काममा हिंड्यो भने यो मेरो एन्टि भयो भन्ने दलका नेताहरुसंग अब साध्य चल्दैन । हामी युवाहरू संधै दलहरुको झोले भएर मात्रै बस्ने ? देशनै लालपुर्जा बनाएर बेच्न लागिसके अझै पनि सहनुपर्ने ? नेपालमा पत्रकारहरु पनि पार्टीका भए अब हाम्रो कुरा कसले सुन्ने ? राज्यको चौथो अङ्ग बिग्रीयो भने देशनै डामाडोल हुन्छ।

भक्तपुरमा श्रीभक्त कासिछवालाई सबैले साथ दिन्छन।एमाले,काङ्ग्रेस,नेमकिपा कसैले पनि बिरोध गर्दैनन् । जनचाहना पनि दाईको उमेदवारीको पक्षमा छ । सम्पुर्ण युवापुस्ताको चाहाना श्रीभक्त दाईको उमेदवारीको पक्षमा छ । उहाँ एक नम्बर क्षेत्रको मात्र नभएर भक्तपुर जिल्लाभरीकै सर्वप्रीय व्यक्ति हो।

३० वर्षदेखी अनवरत समाजसेवामा,श्रीभक्त कासिछवा 

आफ्ना स्थानीय जनताको लागि एम्बुलेन्स किनेर समाजसेवा  सुरु गर्नुभएका श्रीभक्त कासिछवाको सामाजिक कार्य अहिले बागेश्वरीको भङ्गेरी डांडामा ४० हजार क्षमताको रग्बी एण्ड मल्टिप्रपोज रङ्गशालामा आईपुगेको छ।आफैं ब्याडमिन्टन खेलाडी र भक्तपुर ब्याडमिन्टन संघको कोषाध्यक्ष समेत रहनुभएका कासिछवाले आजभन्दा १४ बर्श अगाडी श्री भक्त ब्याडमिन्टन क्लबको स्थापना गर्नुभएको थियो।जुन क्लब अहिलेपनी संचालनमै रहेको छ।

कोरोना महामारीको समयमा खाना अभावले तड्पिएका नागरिकहरूलाई खाना खुवाउने कार्य संगै गन्तब्य सम्म पुर्‍याउन आफ्नै खर्चमा मोटर समेतको व्यवस्था गर्नुभएका कासिछ्वा जनतालाई समस्या पर्दा आफैं प्रत्येक्ष फिल्ड्मा पुगेर काम गर्ने ब्यक्ति हुनुहुन्छ।उहाँ भन्नुहुन्छ ‘जनतलाई आपत पर्दा कुन नेताले मैदानमा निस्केर जनताको सेवा गरेको छ ? जनतालाई कुनै केश परेमा, कुनै उपचार गर्नुपरेमा लगायत जनताको तमाम समस्या समाधान मैले गर्ने गरेको छु । कहिँ डोनेसन चाहिएमा आफुले सकेको गरिरहेको छु । कहिँ जनतलाई कुनै मर्का परेमा आफैं उभिने गरेको छु ।’

सक्नेलाई ५० प्रतिशत र  नसक्नेलाई १०० प्रतिशतनै सहुलियत दिएर स्वास्थ क्षेत्रमा सहयोग गरिरहनुभएका कासिछवा गठ्ठाघरमा संचालित नागरिक कम्युनिटी हस्पिटलसंग पनि समन्धित हुनुहुन्छ।कोरोना महामारीको समयमा दाङदेखी कोरोना संक्रमित दमको बिरामीलाई हेलिकप्टरमा राखेर काठमाडौं ल्यायर ठिक पारेर घर पठाएको स्मरण गर्दै भन्नुहुन्छ  ‘लैजानु केही छैन । भोलिका दिनमा यसो गर्‍यो भन्ने चिनो छाडेर जाने हो । राजनीति भन्दापनी आफ्नो ब्यापार र जनसेवामा रमाउन मन लाग्छ । दुखमा परेका मान्छेहरूको उद्धारको काम गर्दा चैनको निन्द्रा आउँछ । ‘

भक्तपुरलाई देशकै खेलकुद क्षेत्रको हव बनाउने लक्ष्यका साथ काम गर्दागर्दै गठबन्धन सरकरले आफुलाई जिल्ला खेलकुद विकास समिती बाट हटाएको सम्झंदै उहाँ भन्नुहुन्छ ‘ भक्तपुरमा खेलकुद अफिस थिएन आफू अध्यक्ष हुंदा खेलकुद अफिस स्थापना गरें । अन्य धेरै इन्डोर खेलमैदानहरु निर्माण गरिएको छ । खेलकुद भवनको लागि बजेट छुट्याउन सफल भएका छौं । गठबन्धन सरकारले मलाई भक्तपुर जिल्ला अध्यक्षबाट हटाएपनी हाल म बागमती प्रदेश खेलकुद समितिमा छु र भक्तपुरलाई देशकै खेलकुद क्षेत्रको हब बनाउने लक्ष्यका साथ काम गरिरहेको छु । ‘

२२/२४ बर्ष अगाडी चांगुनारायणमा एम्बुलेन्स नहुंदा सबैभन्दा बढी चन्दा आफुले हालेर एम्बुलेन्स किनेको कुरालाई स्मरण गर्दै उहाँ भन्नुहुन्छ ‘सबैभन्दा बढी चन्दा हालेर एम्बुलेन्स किनेर त्यो समयमा गाउंमा चलाएका थियौं । अहिलेपो अलिकति सुविधा भयो । भुकम्प आउँदा गाउँमा सबैभन्दा पहिलो १३ गतेनै १ ट्रक रासनपानी लिएर गाउँभरी बाडे । कोभीड महामारीको समयमा पहिलो खाना खुवाउने हामी हौं । यो काम कुन नेताले गरेको छ हाम्रो १ नम्बर क्षेत्रमा ? यो सबै मैले आफ्ना लागी गरेको थिइन् ।’             

भर्खरै सुकुम्बासी बस्ती डुबानमा परेको स्मरण गर्दै उहाँ भन्नुहुन्छ ‘बर्शाको कारण सुकुम्बासी बस्ती डुबानमा पर्‍यो । रातको १२ बजे म एक्लै त्यहाँ पुगेको थिएं । म पुग्ने बेलासम्म बस्ती डुबानमा परेको प्रहरीलाई समेत थाहा थिएन । म पुगेपछि प्रहरीलाई सम्पर्क गरेर तुरुन्तै सिडियोलाई फोन गरेर डोजर झिकायं । रातिनै पेट्रोलपम्प खोल्न लगाएर तेल हाल्न लगाएर पानी जमेको भाग खोल्न लगाएपछि घरभित्रै कम्मर सम्म डुबेर बसेका मान्छेहरुलाई उद्धार गर्न सफल भयौं ।’

नेकपा एमाले भक्तपुर नगरकमिटीमा कार्यरत कासिछ्वा अहिले भने पार्टी राजनीतिबाट प्यासिभ हुनुहुन्छ । पार्टीले योग्य उमेदवार छन्न नसके स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहुनु भएको उहाँ भन्नुहुन्छ ‘म दावाको साथ भन्न सक्छु समाजसेवा वा जनसेवामा जनतासंग भिजेर काम गर्ने कार्यमा जनताले नेता भन्दा अगाडी मेरो नाम लिनेगरेका छन ।कमिसन खाएर काम गर्ने नेताहरुको कुरै नगरौं । आफ्नो निस्वार्थ भावनाले जनताको काम गर्ने भक्तपुर निर्वाचन क्षेत्र नं – १ मा कुनचाहिँ नेता छ ? केही काम नगर्ने बदमाश नेतालाई मात्र कति नमस्ते गर्नु ? त्यसैले प्रतिस्पर्धामा चुनाव लड्दा पनि वा स्वतन्त्र रुपमा निर्वाचन लडेपनि मलाई समस्या छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न