April 12, 2017

सिंहदरबार छेउमै यस्तो धन्दा ?

काठमाडौं, चैत ३० र बजारमा अखाद्य र म्याद नाघेको सामानको अनुगमन र निरीक्षण गर्दै हिँडेको आपूर्ति मन्त्रालयसहित सिंहदरबारका सबै मन्त्रालयमा म्याद नाघेका अखाद्य सामानको सप्लाइ हुने गरेको रहस्य खुलेको छ। मन्त्री र सचिवको खाजाका लागि मन्त्रालयमा सप्लाई हुँदै आएको डाइजेस्टिभ बिस्कुट, म्यागी चाउचाउलगायतका उपभोग्य सामान अखाद्य रहेको पाइएको हो । आपूर्ति मन्त्रालयको नेतृत्वमा गएको अनुगमन टोलीले पनि पटक(पटक सरकारी निर्देशन नमानेको मनोज भन्ने माइलाको पसललाई फेरि ३ दिने म्याद दिएर छाडेको छ ।

सिंहदरबरारका सबै मन्त्रालयमा रहेका क्यान्टिन तथा प्रहरीको उच्च तहमा म्याद नाघेका सामान सप्लाई हुने गरेको उक्त पसलको संरक्षणमा मन्त्रालयसम्मको हात रहेको देखिएको छ । पटक(पटकको अनुगमनमा गएर सामान्य निर्देशन दिएर छोड्नु र पसलले निर्देशन वेवास्ता गर्नु मिलेमतोमा हुने अवैध धन्दाको पराकाष्ठाा हो । सिंहदरबारको पूर्वी गेटनजिकै रहेको माइला किराना पसलबाट मन्त्रालयमा सप्लाई हुने गरेको हो । तर त्यही पसल विना दर्ता सञ्चालनमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न