सिँचाइका लागि १८ करोड

 
sinchai-58d7312254b726.52271241
दाङ , तुलसीपुर , दाङमा सिँचाइ सुविधा विस्तारका लागि १८ करोड रुपैयाँ बजेट आएको छ । कृषियोग्य जमिनमा सिँचाइ समस्या रहेकाले सेवा विस्तार गर्न लागिएको सिँचाइ डिभिजन कार्यालय तुलसीपुरले जानकारी दिएको छ । सिँचाइ सहज नहुँदा त्यस्ता स्थानका किसान समस्यामा परेकाले यो वर्ष त्यस्ता स्थानमा सिँचाइ योजना सञ्चालन गर्ने कार्यालयले तयारी गरेको छ ।

कार्यालयका अनुसार जिल्लाका सिँचाइ योजना निर्माणमा १८ करोड १७ लाख रुपैयाँ आएको सिँचाइ डिभिजन कार्यालय दाङका निमित्त कार्यालय प्रमुख श्रीधर भट्टराईले जानकारी दिए । नियमिततर्फ आठ करोड र थप बजेटमा १० करोड १७ लाख रुपैयाँ आएको छ । १० करोड बजेटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अन्तरगत ५६ नयाँ योजना सञ्चलन हुनेछन । यसका लागि पाँच करोड ७२ लाख रुपैयाँ आएको छ । समृद्ध तराई(मधेस विशेष कार्यक्रममा ४० योजना सञ्चालनका लागि चार करोड ४५ लाख रुपैयाँ आएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकाका ५६ वटा वहुवर्षे योजना १० लाखदेखि २० लाखसम्मका छन् । तिनको डीपीआर गरी अपुग बजेट व्यवस्था गर्न सकिने उनले बताए । उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत ववई गाउँपालिकाको च्याँखोला सिँचाइ योजना घोराही उपमहानगर पालिकाको गैरागाउँ सिँचाइ योजना, सुनपुर सिँचाइ योजना पञ्चकुले र हापुरे सिँचाइ योजनाको डीपीआर तयार गरी स्वीकृतका लागि विभाग पठाइएको छ ।

यसैगरी तराई(मधेश समृद्ध विशेष कार्यक्रममा सिँचाइ पोखरी निर्माणका साथै ववई नदीमा लिफ्ट सिँचाइ परियोजना सञ्चालनमा ४० योजनाका लागि चार करोड ४५ लाख बजेट प्राप्तभएको सिँचाइ डिभिजन कार्यालय दाङले बताएको छ । जिल्लाका नियमित योजनाका लागि आठ करोड बजेट आई आठवटा योजना सञ्चालनमा रहेको कार्यालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको