विश्वकप फुटबलमामा प्रयोग हुने ‘बल’ सार्वजनिक

२४ कार्तिक,एजेन्सी – आगामी वर्ष रुसमा हुने फिफा विश्वकप फुटबलमा प्रयोग हुने आधिकारिक बल सार्वजनिक भएको छ । खेल सामग्री उत्पादक कम्पनी एडिडासले उत्पादन गरेको नयाँ बल बिहीबार राति मस्कोमा सार्वजनिक गरिएको हो ।

997763944ball

रुसमा विश्वकपमा प्रयोग हुने बलको नाम ‘टेलस्टार १८’ राखिएको छ । एडिडासले रुस विश्वकपको लागि सन् १९७० को विश्वकपमा खेलाइएको बललाई परिमार्जन गरेको छ । उक्त विश्वकपमा एडिडासले पहिलोपटक टेलस्टार नामको बल बनाएको थियो । एडिडासले सन् १९७० को विश्वकपलाई सम्झाउने गरी नयाँ बल उत्पादन गरेको हो ।

विश्वकपको लागि तयार गरिएको यो नयाँ बल निकै आकर्षक रहेको छ । बलको रंग तथा डिजाइन निकै आकर्षक बनाइएको छ । माइक्रोचिप प्रबिधिबाट निर्माण गरिएको नयाँ बल खेल्न खेलाडीलाई निकै सहज हुने अनुमान कम्पनीले गरेको छ ।

एडिडासले सार्वजनिक गरेको नयाँ बलसँग अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले समेत फोटो खिचाएका छन् । 

यस्तै मेस्सीले उक्त बलको निकै चर्चा गरेका छन् ।  रुससँगको मैत्रीपूर्ण फुटबल खेल खेल्न मस्को पुगेका मेस्सीले भने, “म निकै भाग्यमानी छु किनकि सुरुवातमै मैले यो बलबारे जानकारी लिने मौका पाएँ । यसको सबै पक्ष मलाई मन पर्यो, नयाँ डिजाइन, रंग र सबै आकर्षक छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति