विश्वकप छनोटको पहिलो खेलमै नेपाललाई सफलता,सिंगापुर पराजित

सिंगापुरमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेटको एसियन छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । सन् २०१८ मा न्यूजिल्याण्डमा हुने आइसीसी यु–१९ विश्वकप क्रिकेटको छनौटको पहिलो खेलमा घरेलु टोली सिंगापुरले दिएको ७४ रनको लक्ष्य नेपालले १७ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टाएको हो ।नेपालका लागि प्रनित थापा मगरले सर्वाधिक २३ रनको योगदान दिए। यस्तै, अनिल शाहले १९ रन जोड्दा रोहित कुमार पौडेलले ११ र पवन सराफ ४ रनमा अविजित रहे । सुरुवाती व्याट्सम्यान सन्दिप सुनार १ रन र आरिफ सेख ४ रनमा पेभिलियन फर्केका थिए ।nepal

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली सिंगापुरले २९ ओभरमा अलआउट हुँदै ७३ रनको योगफल तयार पारेको थियो । नेपाली बलरसामु निरीह साबित भएको घरेलु टोली सिंगापुरका लागि ब्रिगु लायरले सर्वाधिक ४२ बनाएका थिए । यस्तै, सेन अग्रवालले ११ रन बनाउँदा अन्य व्याट्सम्यानले दोहोरो अंक नै जोड्न सकेनन् ।

सिंगापुरका कप्तान जनक प्रकाश, आर्यमान सुनिल र रोहन रंंगराजनले खाता नै खोल्न सकेनन् । सिंगापुरलाई सस्तैमा समेट्न नेपालका लागि कप्तान सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए भने साहब आलमले ३ तथा किशोर महतोले २ विकेट लिएका थिए ।एसियन छनौटमा शीर्ष चार राष्ट्र नेपाल, सिंगापुर, अफगानिस्तान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । यी चार टोली मध्ये शीर्ष स्थानमा रहन सफल टोली सन् २०१८ मा न्यूजिल्याण्डमा हुने यु–१९ विश्वकप क्रिकेटका लागि छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति