विश्वकप क्रिकेट छनोटमा नेपालले थाइल्याण्डसँग अंक बाड्यो

४ मंसिर, काठमाडौं : महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको आफ्नो पहिलो खेलमा नेपालले अंक बाँडेको छ । ९१ रनको चुनौती पछ्याउँदै गर्दा पानी परेपछि खेल रोकिएसँगै दुबै टोलीले अंक बाँडेका हुन् ।

1795393036IMG_3925

बेंककस्थित टेर्डथाई मैदानमा जवाफी ब्याटिङ गरेको नेपालले ३.४ ओभरमा बिनाविकेट १० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । लगातार पानी परेपछि खेल नभएसँगै दुवै टिमले १–१ अंक बाँडेका हुन् । नेपालका लागि सीता मगरले ५ र ज्योति पाण्डेले ४ रनमा खेलिरहेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९० रनको योगफल तयार पारेको थियो । थाइल्याण्डका लागि चाइवाइले नटआउट २३ र चन्तमले १८ रनको योगदान दिएका थिए । नेपालका लागि सिता राना मगरले २, कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले समान १–१ विकेट लिए । 

सोमबारदेखि सुरु हुने टि–ट्वान्टी विश्वकप छनोटमा अयोजक थाइल्याण्डसँगै नेपाल, हङकङ, युएई, मलेसिया र चीन गरी ६ राष्ट्र रहेका छन् । नेपालले आफ्नो दोस्रो खेलमा मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति