विद्युत प्राधिकरणले ल्यायो बत्ति जाने सूचना दिने एप

१९ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्राविधिक कारणबस बत्ति जाने समयमा जनतालाई जानकारी गराउनको लागि एप ल्याएको छ ।

2

 

यो एप अहिलेलाई विद्युत प्राधिकरणको आधिकारीक वेबसाइटमा मात्रै उपलब्ध छ । यस्तो एप प्राधिकरणको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ ।

ट्रान्सफर्मर पड्कदा र विद्युतका पोलहरु ढल्दा अहिले विभिन्न समयमा विद्युत जाने गरेको छ । वास्तविक कुरा थाहा नपाउँदा उपभोक्ताले भने यसलाई लोडसेडिङ मान्दै आएका छन् ।

अहिले देशभर लोडसेडिङ नभएको र कुनै-कुनै स्थानमा प्राविधिक कठिनाईका कारण लाइन जाने गरेको बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

तर, अब यसरी कुनै पनि ठाउँमा लाइन जादा त्यहाँका उपभोक्तालाई एपमार्फत जानकारी दिइने छ । नेपाल अफिसियल नाम गरेको उक्त एपलाई विद्युत प्राधिकरणको वेबसाइट nea.org.np मा गएर डाउनलोड गनुपर्ने घिसिङ बताउँछन् । यस्तो एप डाउनलोड गरेपछि सेटिङमा गएर आफू बस्ने स्थान छान्नु पर्नेछ ।

यसरी आफ्नो स्थान छानेपछि एपले उक्त स्थानमा कुनै कारणले बिद्युत आपूर्ति भएमा सन्देश पठाउने छ । विद्युत प्राधिकरणका साखा कार्यालयले यस्तो बिद्युत आपूर्तिमा बाधा आउने भएपछि भारप्रेसरण केन्द्र (एलडीसी) मा सन्देश पठाउनु पर्नेछ । त्यस्तो सन्देशलाई एलडीसीले एपमार्फत जनतासम्म पुर्‍याउनेछ ।

साथै उर्जा मन्त्रालयले पनि उर्जा सम्बन्धी गुनासाहरु सुन्न टोल फ्री हटलाइन नम्बर ११५१ सञ्चालन गरेको छ । यस्तो हटलाइनबाट गुनासाहरु संकलन गरी तत्काल समाधान गर्ने योजना रहेको उर्जामन्त्री महेन्द्रबहादुर शाही बताउँछन् ।

उनले भने, ‘२४ अै घन्टा गुनासा सुन्नको लागि हामीले ११५१ टोल फ्री हटलाइन नम्बर सञ्चालनमा ल्याएका छौं, जसका लागि ८ जना कर्मचारी राखिएको छ भने उनीहरु दुई सिफ्टमा रहनेछन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने