राष्ट्रपति भण्डारी आज जेनेभा जानुहुँदै

timthumbकाठमाडौँ,  ३० जेठ ।  राष्ट्रपति विद्यादेवी भण्डारी जेनेभामा आयोजना हुने १०६औँ ‘अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’मा भाग लिन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
राष्ट्रपति भण्डारीले  विश्व शिखर बैठकलाई आगामी असार १ गते सम्बोधन गर्नुहुने कार्यक्रम छ ।  परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार उहाँले विश्व शिखर बैठकमा नेपाली महिलाको राजनीति र रोजगारीको क्षेत्रमा सहभागिता तथा प्रतिनिधित्वका विषयमा प्रकाश पार्नुहुनेछ ।
यस वर्ष अन्तर्राष्ट्रिय श्रम सङ्गठनले राष्ट्रपति भण्डारीका साथै माल्टा तथा मरिससका राष्ट्रप्रमुखलाई समेत शिखर बैठकमा आमन्त्रित गरेको छ ।  अन्तर्राष्ट्रिय श्रम सङ्गठनले नेपालको राष्ट्रप्रमुखलाई यस्तो शिखर बैठकमा सम्बोधन गर्न आमन्त्रण गरेको यो पहिलोपटक हो ।  नेपाल सन् १९६६ मा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सदस्य
बनेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार असार १ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गाय राइडरले राष्ट्रपति भण्डारीसँग भेट्नुका साथै उहाँको सम्मानमा दिवाभोज आयोजना गर्नुहुने कार्यक्रम तय भएको छ ।  साथै त्यही दिन राष्ट्रपति भण्डारीको सम्मानमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत तथा स्थायी प्रतिनिधि दीपक धिताल तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनले जेनेभामा स्वागत गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, राष्ट्रपतिका स्वकीय सचिव डा. विमला पौड्याल राईका साथै परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृत सहभागी हुने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  राष्ट्रपति भण्डारी असार ४ गते स्वदेश फर्कनुहुनेछ ।
यसैवीच राससका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच सोमवार साँझ शीतल निवासमा भेटवार्ता भएको छ ।  राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटघाट भएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठनको १०६औँ श्रम सम्मेलनमा सहभागी हुन मङ्गलबार त्यसतर्फ जाँदै हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

क्यानडाबाट भारतीय भिसा बन्द भएको घाेषणा

ओटावा, असोज ४ गते । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा)

भारतीयहरू नागरिकता लिन आएपछि वितरणमा कडाइ

 असार २८ गते । बुबाको पनि नागरिकता छ । त्यसको १० वर्षपछि आमाले पनि नागरिकता

ट्रेड युनियन महासंघ नेपाल टुकोन ललितपुर अध्यक्षमा पराजुली

२ वैशाख,ललितपुर । राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को ललितपुर अध्यक्षमा जिबनकृष्न