यू-१९ एशिया कपमा नेपालद्वारा भारत पराजित

२६ कात्तिक,काठमाडौं :  कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनको मद्दतले नेपालले टेस्ट खेल्ने राष्ट्र भारतलाई १९ रनले हराउँदै एसीसी यू–१९ एसिया कपमा ऐतिहासिक जीत हासिल गरेको छ ।

u-19-cricket-team-nepal

ऐरीले चार विकेट लिएपछि नेपाल प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४८.१ ओभरमा मात्र १ सय ६६ रनमा अलआउट हुन पुग्यो ।

ऐरीले १० ओभर बलिङ गर्दै दुई मेडनसहित ३९ खर्चेर चार विकेट लिए । उनलाई पवन शराफ र शहबाब आलमले २–२ विकेट लिएर राम्रो साथ दिए ।

सन्दीप लामिछाने र कमल सिंहले १–१ विकेट लिए ।

भारतले पहिलो विकेटका लागि ६५ रन बनाउँदै राम्रो शूरुवात गरेको थियो । तर, त्यसपछि भने लगातार विकेट गुमाउन शुरु गर्यो । ओपनर कप्तान हिमान्सु रानाले ४६ रन बनाए भने अर्का ओपनर मनोज कल्राले ३५ रन बनाए ।

त्यसबाहेक अभिषेक शर्माले २७ रनको योगदान दिए ।

यसअघि, नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । नेपालका लागि ऐरीले सर्वाधिक ८८ रन बनाएका थिए । उनले १०१ बलमा ६ चौका र २ छक्को साथ उक्त योगफल बनाएका थिए ।

ओपनर जितेन्द्र सिंह ठकुरीले ३६ रन बनाए । प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसँग निकै रोमाञ्चक खेलमा २ विकेटले पराजित भएको थियो ।

जीतसँगै नेपालले अर्को चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति