‘युद्ध अपराध’ गरेको भन्दै चीनविरुद्ध उत्रिए कृष्ण पहाडी

krishna-pahadi_qKmiGEDekL

असार ५, २०७७ काठमाडौं : नेपालका दुवै छिमेकी मुलुक चीन र भारतका सैनिकबीच दुई दिनअघि लद्दाखको गलवान उपत्यकामा झडप हुँदा कर्नेलसहित २० भारतीय सैनिक मारिए। लामो समयदेखि तनावपूर्ण रहेको उक्त स्थानमा सन् १९६२ यताकै डरलाग्दो रक्तपातपूर्ण हतियारबिनाको झडपमा भारततर्फ ठूलो क्षति भएपछि नेपालमा पनि त्यसबारे फरक फरक प्रतिक्रिया आइरहेका छन्। नेपाली भूमि हडपेपछि भारतविरोधी भावना बढिरहेका बेला भएको यो घटनाले यहाँका मानिसलाई पनि दुई कित्तामा बाँडिदिएको छ। लद्दाखमा गोर्खा रेजिमेन्टका जवान पनि तैनाथ भएकाले धेरैले नेपाली दाजुभाइको चिन्ता जनाए। केहीले भारतले आफ्ना साना छिमेकीसँग देखाइरहेको हेपाहा प्रवृत्ति चीनसँग देखाउँदाको परिणाम लद्दाख घटना पनि भनेका छन्। यहीबीचमा नेपालको पनि जनमत विभाजित भइरहेका बेला बिहीबार एउटा रोचक प्रदर्शन भएको छ। चीन र भारत दुवै देशका सैनिक एकआपसमा भिडेको उक्त घटनालाई लिएर मानवअधिकारकर्मी कृष्ण पहाडीसहितले चीनविरुद्ध प्रदर्शन गरे। लद्दाखमा चीनले युद्ध अपराध गरेको भन्दै उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।  पहाडीले नै स्थापना गरेको मानवअधिकार तथा शान्ति समाजको आयोजना बिहीबार काठमाडौँमा एउटा प्रदर्शन भएको हो। प्रदर्शनमा विभिन्‍न प्लेकार्ड बोकेर उनीहरु चीनविरुद्ध उत्रिएका हुन्।  उनीहरूले शान्तिलाई विस्तार गर्न माग गर्दै भारतीय र चिनियाँ राजदूतावास अगाडि धर्ना दिएका हुन्। भारत र चीनबीच सीमा विवाद चर्किएर युद्ध बढ्ने सम्भावनालाई रोक्न माग गर्दै उनीहरुले विहीबार दूतावास अगाडि धर्ना दिएका थिए। तर उनीहरुको प्लेकार्डमा लद्दाख घटनामा चीनको मात्रै दोष रहेको उल्लेख थियो।  पहाडीले पहेँलो बस्त्र लगाएर बोकेको प्लेकार्डमा प्रष्टसँग चीनले युद्ध अपराध गरेको भनिएको थियो। ‘चीन : युद्ध अपराध हो (चाइना : वार इज क्राइम)’ लेखेको प्लेकार्ड बोकेको तस्बिर अहिले भाइरल भइरहेको छ। २० सैनिक मारिएपछि अहिले लद्दाखमै मेजर जनरल तहमा चीन-भारत वार्ता चलिरहेको छ। उनीहरुले अब यो तनावलाई मत्थर बनाउँदै जाने सहमति पनि गरेका छन्। तर दुवै छिमेकीबीच सन्तुलित सम्बन्ध राख्नुपर्ने चुनौती रहेको नेपालमा एउटा देशविरुद्ध पहाडीको अगुवाइमा प्रदर्शन भएको हो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी