यती कार्पेट आगलागीमा रु एक अर्ब क्षति

otL sfk]{6df cfunfuL  eQmk'/ gu/kflnsf–@ ;Nnf3f/Ll:yt otL sfk]{6 OG8l:6«hdf zlgaf/ /fltb]lv nfu]sf] eLif0f cfunfuLdf ? 8]9 ca{eGbf a9Lsf] ;fdu|L Iflt ePsf] 5 . cfunfuL eQmk'/ jf?0f oGq, g]kfn k|x/L, g]kfnL ;]gf, ;z:q k|x/L tyf sf7df8fF} / nlntk'/sf bdsnaf6 lgoGq0fdf cfPsf] 5 . tl:j/ M /d]z lu/L, eQmk'/, /f;;

भक्तपुर, असार ४ । भक्तपुर नगरपालिका–२ सल्लाघारीस्थित यती कार्पेट इन्डस्ट्रिजमा गए रातिदेखि लागेको भीषण आगलागीमा रु डेढ अर्बभन्दा बढीको सामग्री क्षति भएको छ ।

 राति ११ः३० बजेदेखि सुरु भएको आगलागी भक्तपुर वारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा काठमाडाँै र ललितपुरका आठ दमकलबाट आठ घन्टापछि बिहान ७ः३० बजे नियन्त्रणमा आएको छ । आगलागीबाट रु एक अर्ब ५० करोडभन्दा बढीको सामग्री क्षति भएको प्रारम्भिक अनुमान गरिएको उद्योगका व्यवस्थापक धर्मेन्द्र यादवले जानकारी दिए।

उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा ट्रान्सफर्मर पड्किएर आगो लागेको परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । आगलागीबाट उद्योगकै दुई दुई सवारी साधन र पक्की भवन, जस्ताका पाँच टहरा र उद्योगसँगै जोडिएको सर्वसाधारणको एउटा पक्की भवन जलेर क्षतिग्रस्त भएको छ । सय जना मजदुर कार्यरत उद्योगमा राति ३५जना कार्यरत भए पनि मानवीय क्षति भने नभएको यादवले बताए ।
उद्योगसँगै रहेको बाटाको ट्रान्सफर्मर पड्केर आगो निस्किएर बलेको तारबाट कारखानामा आगलागी सुरु भएको थियो । कुनै पनि सामान निकाल्नै नमिल्ने गरी एकै पटक ठूलो आगो लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न