मेयर बन्ने शर्तमा माओवादी केन्द्रका अन्सारी एमालेमा प्रवेश

Basaruddin-Ansai-UML-Birgunj-768x460

 

वीरगञ्ज, २९ जेठ । वीरगन्ज महानगरपालिकाको मेयर बन्ने शर्तमा दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका बसरुद्धिन अन्सारी नेकपा एमाले प्रवेश गरेका छन् ।

सोमबार वीरगञ्जमा आयोजित एक कार्यक्रमबीच नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक समेत रहेका अन्सारी एमाले प्रवेश गरेका हुन् । उनलाई एमालेका २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डलले स्वागत गरेका थिए । अन्सारीले माओवादी केन्द्रको तर्फबाट दोस्रो संविधानसभा निर्वाचनमा ४ हजार मत प्राप्त गरेका थिए ।एमालेले वीरगञ्जको मेयरमा सुन्दर कुर्मीलाई अघि सार्ने चर्चा चलिरहेको बेला अन्सारीलाई मेयर बनाउने बनाउने शर्तमा एमालेले भित्र्याएको हो । अन्सारीको प्रवेशसँगै वीरञ्जमा एमाले मजबुत बनेको नेताहरुले बताएका छन् ।वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १, २ र ३ मा मुस्लिम मतदाताको बाहुल्य छ । ती मत अन्सारीले तान्न सक्ने आँकलनसहित एमालेले उनलाई अघि सारेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न