April 8, 2017

माइभ्याली गोल्डकप : आज फाइनल, झापा ११ र आर्मी भिड्दै

इलाम चैत्र २६ – डिफेन्डिङ च्याम्पियन झापा ११ र नेपाल आर्मी क्लबबिच शनिबार माइभ्याली गोल्डकप फुटबलको फाइनल खेल हुँदैछ । आर्मीले नेपाल पुलिस क्लब र झापाले एपिएफलाई हराएर फाइनलमा स्थान बनाएको हो ।

झापाले यस वर्ष काँकडभिट्टा गोल्डकपको उपाधि जितेको थियो । आर्मीले यस वर्ष सिमरा  गोल्डकप, दुहवी गोल्डकप र हेटाैँडा गोल्डकप जितिसकेको छ  । अहिलेसम्म आर्मीले झापासँगको चार भेटमा तीन खेलमा आफ्नो जित निकालि सकेकोे छ । आर्मीले यस सिजनमा आहा गोल्डकपको क्वाटरफाइनलमा झापालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

राष्ट्रिय खेलाडीको बाहुल्यता भएको आर्मीका टिमले निर्धारित समयको ९० मिनेटमा नै झापालाई जित्ने रणनीतिका साथ खेल्ने आर्मीका प्रशिक्षक नविन न्यौपानेले बताउनु भयो ।

झापाका टिम कप्तान प्रवेश कट्टुवालले भने डटेर खेल्ने शैली नै जितको एक मात्र रणनिति भएकोले त्यही अनुरुप खेल्ने र जित आफ्नो पक्षमा पार्ने बताउनु भएको छ ।

आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठ मैदान उत्रने छैनन् । उनी स्वास्थ्य समस्याका कारण आराममा छन् । झापाका टिममा भने नँया खेलाडीलाई बढी स्थान दिइएको छ ।  माइभ्यालीको तेस्रो संस्करण जित्ने दुवै टिमले दाबी गरेका छन् ।

माइभ्याली फुटबल क्लव र जिल्ला फुटबल संघ इलामको संयुक्त आयोजनामा भएको यस प्रतियोगिताका बिजेताले नगद चारलाख उपविजेताले नगद दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताकै उत्कृष्ट खेलाडिले एकसय ५० सिसिको यामाहा मोटरसाइकल प्राप्त गर्ने र हाई स्कोररलाई नगद पच्चीस हजार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति