मन्त्रालयका सुपरभाइजरकै प्रमाण पत्र नक्कली !

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका तत्कालीन सुपरभाईजर मनसरा शाहीको शैक्षिक प्रमाण पत्र नक्कली भएको पाइएको छ।

शाहीले नक्कली प्रमाणपत्रका आधारमा सरकारी सेवा सुविधा लिइरहेकाे ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनले माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय वाराणसि, भारतबाट प्राप्त गरेको ईन्टरमिडियट तहको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको अख्तियारको अनुसन्धानले देखाएको छ। शाहीले सोही प्रमाणपत्र पेश गरी महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा रापअनं प्रथम श्रेणी, नेपाल विविध सेवा, सुपरभाइजर पदमा नियुक्ति लिइ सरकारी लाभ तथा सुविधा लिएकी थिइन्। 

शाही विरुद्ध नक्कली प्रमाण पत्र पेश गरी जागिर खाएको अख्तियारमा उजुरी परेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने