मतदाता परिचयपत्र वैशाखमा, हस्ताक्षर बुझाउने अवधि थप

Voter-listकाठमाडौँ, २६ चैत । २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तयारी गरिएको मतदाताको परिचयपत्र वैशाख २८ देखि ३० गतेसम्म सम्बन्धित मतदान केन्द्रबाट वितरण हुने भएको छ । आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शुक्रबार साँझ बसेको बैठकले सो निर्णय गरेको जानकारी आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दिनुभयो ।

हरेक मतदान केन्द्रबाट मतदातालाई सहज र सरल ढङ्गले मतदाता परिचयपत्र वितरण गर्न वैशाख २७ गते नै मतदान अधिकृतको टोली मतदान केन्द्रमा पुगिसक्नुपर्ने निर्णय आयोग बैठकले गरेको छ ।
परिचयपत्र प्राप्त गर्नका लागि सम्बन्धित मतदाता आफैँ उपस्थित हुनुपर्नेछ भने त्यहाँ उपस्थित हुन नसक्ने ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका मतदाताको परिचयपत्र उहाँहरूको परिवारको सदस्य भएको यकिन गरी भर्पाई गरिदिने व्यवस्था गर्ने निर्णय पनि आयोगले गरेको छ ।

मतदाता परिचयपत्र वितरण गर्नका लागि स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजको परामर्शमा वितरणको व्यवस्था मिलाउन पनि आयोगले मतदान अधिृकतहरूलाई निर्देशित गरेको छ ।

हस्ताक्षर बुझाउने अवधि थप
निर्वाचन आयोगको शुक्रबार साँझ बसेको बैठकले राजनीतिक दलको आधिकारिक हस्ताक्षर बुझाउने अवधि यही चैत ३० गतेसम्म थप गर्ने निर्णय गरेको छ । वैशाख १६ गते उम्मेदवारको मनोनयन गर्दा कुन दलको कुन उम्मेदवार हुन् भनेर छुट्याउन र दलको आधिकारिक उम्मेदवारको पहिचान गर्न सजिलो होस् भनेर आयोगले यस्तो निर्णय गरेको जनाएको छ । शुक्रबारसम्म आयोगका करिब दुई दर्जन दलले हस्ताक्षर बुझाएका छन् ।

यसैबीच राससका अनुसार, नेपाली काँग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग जानकारी लिएको छ । सो पार्टीका केन्द्रीय सदस्य एवम् रक्षामन्त्री बालकृष्ण खाँण र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसहितको टोलीले शुक्रबार आयोगमा पुगेर प्रमख आयुक्त डा अयोधिप्रसाद यादव र अरु आयुक्तसँग निर्वाचनको तयारीबारे जानकारी लिएको हो ।

काँग्रेसले स्थानीय तहको निर्वाचन परिचालन र समन्वयका सन्दर्भमा केन्द्रीय सदस्य बालकृष्ण खाँण र दीपक गिरी तोकेको थियो । आयोगले निर्वाचन तयारी राम्रो गरेको महसुस भएको बताउँदै रक्षामन्त्री खाँणले केहीबाहेक अधिकांश जिल्लामा निर्वाचन कार्यालयले बोलाएको बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि सहभागिताले पनि निर्वाचनको सुनिश्चिता प्रदान गरेको छ भन्नुभयो ।

केही जिल्लामा बोलाएको समयमा राजनीतिक दलका प्रतिनिधि उपस्थित नभएका कारण जटिलता र समस्या आएको कुरा सो अवसरमा आयोगका तर्फबाट उहाँहरुलाई जानकारी गराइएको थियो ।
निर्वाचनका लागि सरकारले आयोगलाई सबैखाले सहयोग उपलब्ध गराउँदै आएको बताउँदै रक्षामन्त्री खाँणले अहिले उठिरहेका कतिपय विषयवस्तु संविधान संशोधनमार्फत सम्बोधन गर्नुपर्छ भन्ने सरकारको धारणा रहेको उल्लेख गर्नुभयो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द