भारतमा मात्र बर्सेनि १३ हजार बढी महिला तथा बालबालिका बेचिन्छन्

Sex-worker१४ भदाै काठमाडौँ  । नेपालमा महा विनासकारी भूकम्प गएपछि मानव वेच विखान बढ्दै गएकाे एक स‌स्थाकाे अध्ययानले देखाएकाे छ । चेलिबेटी बेचबिखनविरुद्धको राष्ट्रिय सञ्जाल (एनएनएजिटी)का अध्ययान अनुसार यस्ताे देखाएकाे हाे । स‌‌स्थाकाे अध्ययानमा भारतमा मात्र बर्सेनि १३ हजारभन्दा बढी महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको छ तथ्याङ्क निकालेकाे छ । अहिले भारतमा कम्तीमा पनि दुई लाख नेपाली महिला तथा बालिका यौन व्यवसायमा संलग्न रहेको बताइएको छ ।

एनएनएजिटीका अध्यक्ष भारती सिलवाल गिरीले नयाँ दिल्ली, हङकङ, तिब्बतमा धेरै चेलिबेटीको बेचबिखन हुने गरेको बताउँदै भूकम्पको समयमा नेपालमा धेरै चेलिबेटी बेचबिखन भएको उल्लेख गरेकी छिन । गिरीले भनिन्– “भूकम्पपछि महिलालाई रोजगारीको प्रलोभनमा, सहज र राम्रो जीवनयापन हुने लोभ देखाएर बेचबिखनमा पार्ने गरेको देखियो । अहिले यौन व्यवसायका लागि मात्र नभई मानव अङ्ग तस्करीका लागि समेत महिला तथा बालबालिकाको प्रयोग गर्ने गरेको देखिन्छ ।”

खुल्ला सिमानाका कारण भारतमा महिला, बालिका बेचबिखनमा बढी पर्ने गरेपनि माइती नेपाललगायतका सिमानामा काम गर्ने  विभिन्न संस्थाहरुको सक्रियतामा केही कमी देखिएकाे उनले बताइन् । एनएनएजिटीको सोमबार सम्पन्न दुईदिने चौथो राष्ट्रिय सम्मेलनले सरकारले मानव बेचबिखनसम्बन्धी नयाँ कानुन बनाउनुपर्ने र भएका कानुनको कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा समेत गिरीले सुझाव दिएकी छिन्  ।

सम्मेलनले बेचबिखनमा परेका महिलाहरुकाे उद्धार कार्यलाई प्रभावकारी बनाउनुपर्ने र पीडितलाई न्याय दिलाउने तर्फ सरकारले छिटोभन्दा छिटो पहल गर्ने संयन्त्र गठन गरी पंभावकारी पिडीतलार्इ न्याय  र पिडकलार्इ कारवाही  गर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ