भण्डारी दम्पती हत्या प्रकरण : किन हत्या गरे भरतले आफ्नै आमा-बुवाको ?

कञ्चनपुर : फागुन १५ गते घर भित्र मृत भेटिएका दम्पती हत्या प्रकरणमा छोराकै संग्लनता रहेको पुष्टि भएको छ ।

90438303_617172158834388_1463833285221154816_n

शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको दम्पती हत्या प्रकरणमा छोराकै संग्लनता रहेको भन्दै प्रहरीले पक्राउपछि सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घर भित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धानाको हत्यामा संलग्न भएको भन्दै २६ बर्षीय छोरा भरत भण्डारीलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।

भण्डारीले नै बुबा र कान्छी आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।  

उनलाई डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्वर २ जुगेनाबाट आइतबारमात्रै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार हत्यामा संग्लन भण्डारी फागुन १४ गते लाईसेन्सको परिक्षा दिन महेन्द्रनगर पुगेका थिए भने सोही दिन डडेल्धुरा स्थित घर फर्किनका लागि हिडेका थिए। तर कैलालीको गोदावरी पुगेर उनी कलुवार फर्किएका थिए। सोही राती कलुवापुर घर पुगेका भण्डारीसँग धनाको वादविवाद भएको र धारिलो हतियार प्रयोग गरी सुरुमा धनाकै हत्या गरेका थिए ।

धनाको हत्यापछि उनले जयलालको हत्या गरेर सोही राती डडेल्धुरा गएको प्रहरी अनुसनधानबाट खुल्न आएका छ ।

उनीहरुविच अशंवण्डाको विषयमा लामोसमयदेखि विवाद हुँदै आएको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने