September 25, 2017

प्रधानमन्त्री देउवा अबुधाबीमा

अबुधाबी (युएइ), ९ असोज (रासस): प्रधानमन्त्री शेरबहादुर देउवा आज संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबी पुगेका छन् ।

प्रधानमन्त्री देउवा संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा दिउँसो अबुधाबी पुगेका हुन् । प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल आजै साँझ ५ बजे ओमनको मस्कटका लागि प्रस्थान गर्नेछ ।

त्यहाँ प्रधानमन्त्री देउवाले खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखहरुलाई नेपाली आप्रवासी कामदारले भोग्नुपरेका समस्या र उनीहरूको संरक्षणका बारेमा निर्देशन दिने कार्यक्रम छ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर मस्कटबाट प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी छन् ।

आजै प्रधानमन्त्री देउवाको सम्मानार्थ ओमन सरकारले रात्रिभोजको आयोजना गरेको उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराका स्वकीय सचिव युवराज चौलागाईंले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले यही असोज ७ गते महासभालाई सम्बोधन गर्नुका साथै सोही दिन राष्ट्र संघ महासचिव एन्टिोनियो गुटेरससँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका थिए । महासभाका दौरान न्यूयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री सेख हसिना, पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासी र इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडसँग भेटवार्ता गरेका थिए ।

प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महरा, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी छन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल असोज १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने