प्रधानमन्त्रीसँग स्विस राजदूतको भेट

timthumbप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्तिप्रक्रियामा सहयोग गरेकोमा स्विट्जरल्यान्ड सरकारलाई धन्यवाद दिएका छन्। नेपालका लागि स्विट्जरल्यान्डका राजदूत योर्ग ज्योभानी फ्रिडेनसँग आज सिंहदरबारमा भएको शिष्टाचार भेटमा उनले नेपालको राजनीतिक रुपान्तरणमा स्विट्जरल्यान्ड सरकारले गरेको सहयोगप्रति खुसी व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले स्थानीय तह कार्यान्वयन सुरु भइसकेकाले अब तोकिएकै समयमा स्थानीय निर्वाचन गर्ने गरी सरकार लागिरहेको बताएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले मधेस केन्द्रित दलसँग निरन्तर छलफल भइरहेकाले राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे। सो अवसरमा नेपालका लागि स्विट्जरल्यान्डका राजदूत फ्रिडेनले नेपालमा राजनीतिक स्थिरता तथा स्थानीय र प्रदेश तहको निर्वाचनको विषयमा चासो राखे। उनले नेपाल सरकारले विभिन्न समयमा स्विट्जरल्यान्डसँग गरेको सहयोग र समन्वयका लागि पनि खुसी व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने