प्रधानमन्त्रीले माओवादीका मन्त्री हटाउनु हुन्न : डा. महत

 नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री डा. रामशरण महतले तत्काल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्न नहुने स्पष्ट पारेका छन् । 

1
शुक्रबार काठमाडौमा भएको कार्यक्रममा नेता महतले मुलुक अहिले चुनावको मुखमा भएकोले यस्तो बेला सरकार फेरबदल र मन्त्रीहरु हटाउने वा थप्ने काम गर्न नहुने बताएका हुन् । महतले भने,‘चुनावको मिति घोषणा भैसकेको छ, अहिले सरकार तलमाथि गर्नहुन्न, यसले अस्थिरता निम्तिन्छ ।’ उनले भने,‘सत्तारुढ दल नेकपा माओवादी केन्द्रले यसरी विपक्षी दलसँग चुनावी तालमेल र वाम गठबनधन बनाउने निर्णय गरेपछि मन्त्रीहरु हटाउनुपर्ने विषयमा आवाज उठेको छ, तर कांग्रेसले अहिले मन्त्रीहरुलाई बर्खास्त गर्नेबारे छलफल नै गरेको छैन, कुनै निर्णय भएको छैन, हामीले अहिले त्यतातिर ध्यान पनि दिएका छैनौं, यदित्यसो गरियो भने झनै जटिल समस्या आउँछ, चुनावलाई असर पर्छ ।’
उनले मन्त्रीहरु हटाउने वा नहटाउने भन्नेबारे प्रधानमन्त्रीले निर्णय गर्ने कुरा भएको समेत बताए । नेता महतले एमाले–माओवादी केन्दवीच भएको पछिल्लो चुनावी तालमेल र वाम एकताको प्रयास अस्वभाविक, अनैतिक र अप्राकृतिकभएको पनि बताए । 
उनले भने,‘यो गठबन्धन छद्यम भेषमाआएको छ, गोप्य रुपमाआएको छ, दुई पार्टीहरुवीचको तालमेल नै विवादस्पद छ ।’ एमाले संविधान संशोधनको नाम नै सुन्ननचाहने र माओवादी केन्द्र जसरी पनि संशोधनगर्नुपर्छ भन्ने शक्ति भएकोले यी दुई दलमा यसबारेमा पनि विवाद भएको महतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने