July 16, 2017

प्रदेश नं. ५ टिम च्याम्पियन

 

३१ असार, काठमाडौं । पाँचौं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि प्रदेश नं. ५ ले जितेको छ । ७ स्वर्ण, १ रजत र १ कांस्य जित्दै प्रदेश नं. ७ टिम च्याम्पियन बन्न सफल भयो ।प्रदेश नं. ५ बाट महिलाको ४९ केजीमा डिना तामाङ र ५३ केजीमा पार्वती पाण्डे तथा पुरुषको ५० केजीमा तपन केवत, ५४ केजीमा सुमित लामा, ५८ केजीमा अजय रिजाल, ६३ केजीमा रविन अधिकारी र ६८ केजीमा प्रेमबहादुर नेपालीले स्वर्ण हात पारे ।राष्ट्रिय तेक्वान्दो संघ नेपालद्वारा आयोजित प्रतियोगितामा २ स्वर्ण, ३ रजत र २ कांस्यसाथ प्रदेश नं. २ दोश्रो भयो । २ स्वर्ण, २ रजत र ५ कांस्य जितेको प्रदेश नं. १ ले तेश्रो स्थानमा चित्त बझायो ।Prov-5-team-champoin-768x460

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा शनिबार भएको प्रतियोगितामा प्रदेश नं. २ का लागि महिला ४६ केजीमा मेलिना माझी र ६२ केजीमा अस्मिता रिजालले स्वर्ण जिते । त्यस्तै प्रदेश नं. १ लाई महिला ४३ केजीमा विनिता घिमिरे र ५७ केजीमा पार्वती राईले स्वर्ण दिलाए ।प्रतियोगिताको पुरुषमा प्रदेश नं. ६ विवेक विश्वकर्मा तथा महिलामा प्रदेश नं. १ की विनिता उत्कृष्ट खेलाडी चुनिए ।दुईदिने प्रतियोगितामा ७ प्रदेशका १ सय ४० खेलाडीले विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति