पैसा चोरेको आरोपमा किशोरीलाई चरम यातना

मोरंगको बेलबारीमा एक दलित किशोरीलाई पैसा चोरेको आरोपमा छिमेकीले चरम याताना दिएका छन् । उनिहरुले बालिकालाई हात बाँधेर मुखमा मोसो दल्नुकासाथै सिस्नु पानीले कुटदै चरम यातना दिएका हुन् ।

4

बेलबारी नगरपालिका २ देबी झोडामा स्थानीय ४५ बर्षिय दुर्गा चौधरी र ५० बर्षिय कुलदिप कुँवर लगायतले पैसा चोरेको आरोपमा स्थानीय परियार थरकी १४ बर्षिया बालिकालाई  बिहिबार दिउँसो यातना दिएका हुन् । सुकुम्बासी परिवारकी ती दलित बालिकालाई पैसा चोरेको अराोपमा सार्बजनिक स्थलमा हात बाँधेर मोसो दलि सिस्नुले हिर्काउँदै चरम अमानबिय यातना दिँदै गर्दा गस्तिमा गएको इलाका प्रहरी बेलबारीको टोलीले देखेर उनको उद्धार गरेको थियो । प्रहरीले घटनामा संलग्न कुलदिप र दुर्गालाई पक्राउ गरेको जनाएको छ । 

यातनाबाट बालिकाको शरिर भरि निलडाम र चोट लागेको थियो । तर प्रहरीले तत्काल शरिरमा चोट नदेखिएको भन्दै उपचारमा नलगी यातना दिने दुई जनालाई मात्र पक्राउ गरेको थियो । तर यातनाबाट रातभरि बालिकालाई हनहनी ज्वरो आएपछि उनकी आमा संगीता पीडित छोरीलाई लिएर न्याय र उपचार खोज्दै बेलबारी थाना आएकी छ्न ।

सुकुम्बासी परिवारकी बालिका स्थानिय कबिर माबिमा कक्षा ६ मा पढ्ने बिद्यार्थी हुन् ।  उनका बाबु भारतको पश्चिम बंगाल स्थित सिलगुडीमा बसेर रोजगार गर्नेगर्छन । घरमा उनकी आमा संगीता परियार र ३ बर्षका नावालक एक भाई मात्र छन् । बालिकाले सात सय पचास रुपैयाँ चोरी गरेको छिमेकीको आरोप छ । तर, पीडित बालिकाले आफुले दिएको ऋण लिनुपर्ने भएकोले पैसा लिएको बताएकी छन् । जिल्ला प्रहरी मोरंगका प्रबक्त्ता डिएसपी बिष्णुहरि कोइरालाले शुक्रबार बिहान ११ बजे सम्म घटनाबारे आफुलाई जानकारी नआएकोले अमानबिय घटनाबारे जानकारी लिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न