पिपिएल क्रिकेट : पोखरा पल्टन ९ विकेटले विजयी

मंसिर २९, पोखरा : दोस्रो सिजनको पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटमा पोखरा पल्टन विजयी भएको छ ।  पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले पराजित गर्दै पोखरा पल्टन विजयी भएको हो । काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पोखराले १४.१ ओभरमा १  विकेट गुमाएर पुरा गरेको थियो ।  

पोखराको जितमा कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ६५ रन बनाएका हुन् । त्यस्तै ओपनिङमा आएका आसिफ शेखले १० बलमा १४ रन बनाए। रवि इन्द सिंहले ३२ बलमा ३८ रन बनाए। उनले ५ चौका १ छक्का हाने। कुशल र रविले ८८ रनको साझेदारी गरे।  

काठमाडौंका सुशन भारीले एक विकेट लिएका थिए ।  

त्यसअघि  टस हारे पहिले ब्याटिङमा आएको काठमाडौं गोल्डेनले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति