पंचायत व्युताउँने काम हुँदैछ : डा.बाबुराम भट्टराई

Ansan-BRB-768x432बैशाख , काठमाडौं –नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि आम कठोर हमला गरेका छन् । दलीय चुनाव चिन्हका लागि संघर्षरत नयाँ शत्तिःसहितका ६८ दलको अनशन कार्यक्रमको उद्घाटनमा बोल्दै डा.भट्टराईले प्रधानमन्त्री प्रचण्ड पंचायत व्युताउने काममा लागेको गंभीर आरोप लगाएका छन् ।

‘प्रचण्डको नेतृत्वमा बनेको सरकारले पंचायती व्यवस्थाबाट खोसेर ल्याएको अधिकार फेरि खोसेर नयाँ ढंगले पंचायत व्युताउने कामको नेतृत्व अहिले प्रचण्डले गरिराखेका छन् । यो हाम्रो लागि दुख र लज्जाको विषय छ । त्यसैले हामीले शुरु गरेको संर्ष सामन्य छैन । नयाँ ढंगले लोकतन्त्र विरोधी काम आउँदैछ । त्यसैले हामी संघर्षमा छौँ ।’ बाबुरामको भनाई थियो ।

डा.भट्टराइृले दलीय चिन्ह खोस्ने काम प्रतिक्रिान्ति भएको पनि बताए । दलहरुहरुलाई चुनाव चिन्ह नदिनु संविधान विपरित भएको बाबुरामको भनाई थियो । ‘हिजोको सहयात्री साथीहरु जो आज सत्तामा पुगेका छन् । उनीहरुले पुरानै अभ्यास गरेका छन् । हामीले लडेर ल्याएको बहुदलीय प्रजातन्त्र खोस्ने र दलीय पहिचान अन्त गर्ने तथा निर्वाचनमा चुनाव चिन्हसहित जाने संविधानले दिएको अधिकार खोस्ने दुस्साहस उनीहरले गरेका छन् ।’ डा.भट्टराईले भने, ‘त्यसकारण यो एक किसिमको प्रतिक्रिान्ति नै हो । पछाडिबाट अनुहार कमल थापाको देखेका छौँ । उनले ०४६ र ०६२–०६३ सालको आन्दोलनमा लोकतन्त्रका पक्षपातीहरुमाथि लाठी बर्साउने कमल थापा अहिले सत्ताको मुख्य केन्द्रमा रहेका छन् । यो भन्दा ठूलो प्रतिक्रान्तिको नमुना के हुन सक्छ ? प्रतिक्रान्तिको यो लाइनमा तपाईं हामीले सवैभन्दा क्रान्तिकारी भनेर बुझेको मान्छे प्रचण्ड उभिएका छन् ।’

घोषित स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि दलीय चुनाव चिन्हको माग गर्दै ६८ दलले संयुक्त संघर्ष जारी राखेका छन् । नयाँ शक्ति पार्टीलगायत दलीय चुनाव चिन्हबाट बञ्चित गरिएको भन्दै वैशाख २ गतेदेखि ८ गतेसम्म दलहरुले रत्नपार्कस्थित शान्तिबाटिकामा रिले अनसनको कार्यक्रम बनाएका थिए । त्यहीँ अन्तगर्त आजबाट डा.बाबुराम भट्टराईसहितका ६८ राजनीतिक दलका शीर्ष नेता आजबाट अनशनमा बसेका छन् ।

नयाँ शक्तिले दलीय चुनाव चिन्हलाई प्रतिष्ठाको विषय बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न