नेपाल एशिया कप क्रिकेटबाट बाहिरियो

१ मंसिर, काठमाडौं : १९ वर्षमुनीको एसीसी क्रिकेटको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएको छ । टस हारेर पहिला ब्याटिङमा आएको नेपाल २८ ओभरमा १ सय ३ रनमा समेटियो ।

Nepali-Cricket१ सय ४ रनको लक्ष्य अफगानिस्तानले २० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्यायो । यसअघि मलेसियाको किन्रारा ओभल मैदनामा टस हारेर पहिला ब्याटिङमा आएको नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ५० रनको योगदान गरे भने बाँकी कुनै खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

पवन सर्राफले ८, सन्दिप लामिछाने र साहव आलमले समान ७/७, कप्तान दिपेन्द्र सिंह ऐरी र भीम सार्कीले समान ६/६, रोहित कुमार पौडेल ४ र जितेन्द्र सिंहले १ रन जोड । आसिफ शेख, कमल सिंह ऐरी र किशोर महतो शून्य रनमै पेभेलियन फर्किए ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका मुजिब उर रहमान एक्लैले ६ विकेट लिए । नेपाल पहिलो पटक यो प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । अफगानिस्तानले अब उपाधिका लागि पर्सि हुने फाइनलमा पाकिस्तानको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति