नेपालले आज पाकिस्तानसँग एसिसि इमर्जिङ कपमा प्रतिस्पर्धा गर्दै, यस्तो छ नेपाली टीम

काठमाडौं, १४ चैत । नेपालले सोमबार पाकिस्तानसँग खेलेर एसिसि इमिर्जङ कप क्रिकेटको सुरुवात गर्दैछ । बंगलादेशकोे शेखकमल स्टेडियममा बिहान पौने ९ बजे सुरु हुने खेलमा नेपालले पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग खेल्नेछ । इमर्जिङ कप क्रिकेटका लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय टिममा पनि युवा खेलाडीको बाहुल्यता छ । ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहने नेपाली टिममा युवा खेलाडी धेरै छन् ।Cricket

आशिफ शेख, दिलिप नाथ, दिपेश श्रेष्ठ, सुसन भारी जस्ता खेलाडी समेटिएको टिममा दिलिप, दिपेश, र अविनाशमध्ये दुईजनाले बलिङ गर्न पाउने पक्का जस्तै छ । कप्तान ज्ञानेन्द्र मल्लले नेपालको ओपनिङमा आफू र सुनिल धमला नै रहने संकेत गरेका छन् । भर्खरै कीर्तिपुरमा केन्या विरुद्धको खेलमा राष्ट्रिय टिमबाट ओपनिङको जिम्मेवारी पाएका सुनिलले राम्रो प्रर्दशन गर्न सकेका थिएनन् । अस्वस्थताका कारण पारस खड्का टिममा छैनन् भने भेट्रान स्पिनरद्वय शक्ति गौचन र वसन्त रेग्मी तथा पहिलो रोजाइका फाष्ट बलर सोमपाल कामीलाई आराम दिइएको छ ।
नेपाली टिममा सुनिल धमला, दिपेन्द्रसिंह ऐरी, आरिफ र आशिफ शेख, विनोद भण्डारी, सन्दिप लामिछाने, सुसन भारी, भुवन कार्की, अविनाश कर्ण, दिलिप नाथ, दिपेश श्रेष्ठ जस्ता नेपालका उदाउँदा क्रिकेटर छन् ।

उमेर समुहमा राम्रो छाप छोडेका दिपेश श्रेष्ठ १९ वर्षको हाराहारीका मात्र हुन । दिलिप नाथ १९ वर्ष पूरा भएका छन् । सन्दिप १७ वर्षको हाराहारीमा मात्र छन् । लेगब्रेक गुगलीका लागि चर्चित भइसकेका छन् ।

केन्या विरुद्धको खेलबाट आफू राष्ट्रिय टिममा परेको मात्र होइन टिमका लागि टिकेर खेल्नुपरे टिक्न र चुटेर खेल्नुपर्दा चुट्ने दुवै काममा तयार रहेको पुष्टि गरेका दिपेन्द्रसिंह ऐरीले मात्र १७ वर्षका भए । कीर्तिपुरमा भएको केन्यासँगको पहिलो खेलमा दिपेन्द्रले ६९ बल खेलेर १९ रन अनि दोश्रोमा ६६ बलमा ६२ रन बनाएका थिए ।

नेपाली टिमका अर्का अलराउण्डर आरिफ शेख साढे १९ वर्षका मात्र हुन् । १९ वर्षमुनिको टिमको उपकप्तान समेत रहेका आरिफको बलिङ र ब्याटिङ उस्तै चल्ने गर्छ । उनैका भाइ आसिफ शेख पनि राष्ट्रिय टिममा परेका छन् । घरेलु ट्वाण्टी ट्वाण्टिमा निकै राम्रो छाप छोडेका उनले आज खेल्न पाउने नपाउने टुंगो भने लागिसकेको छैन ।

उमेर समूहमा राम्रो खेलिरहेका दिपेश १९ वर्षपनि पुगेका छैनन् । भने दिलिप नाथ १९ वर्ष पुरा भएका छन् । लेगब्रेक गुगलीका लागि चर्चित भइसकेका सन्दिप लामिछाने त १७ वर्षको हाराहारीमा मात्र छन् । केन्या विरुद्ध ओपनिङमा नर्भस भएपनि अझै केही गर्न सक्ने आशा गरिएका सुनिल धमला २० वर्ष ३ महिनाका भए । त्यस्तै, करण केशी विरामी भएपछि राष्ट्रिय टिममा बोलाइएका अविनाश कर्ण २२ वर्ष २ महिनाका भए । भने ससुन भारीले २१ दिन अघि २२ औं जन्मदिन मनाएका थिए ।

नेपाली टोलीमा मेहबुब आलम सवैभन्दा पाका खेलाडी हुन् । उनी ३५ वर्ष पूरा भए । बायाँहातले स्पिन र मिडियम पेस बलर अनि बायाँहाते ब्याट्स्म्यान रहेका मेहबुब ठुला सट र विष्फोटक इनिङका लागि चर्चित छन् । नेपालका शाहीद अफ्रिदीको उपनाम पाएका मेहबुबले अफ्रिदीको टिम विरुद्ध कस्तो खेल्लान् त्यो आज हेर्न पाइनेछ । उनी वर्षौको मेहनतपछि आइसिसि विश्व क्रिकेट लिग च्याम्पियनशिपमा केन्यासँगको खेलबाट राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।

मेहबुब पछिका पाका खेलाडी हुन् राष्ट्रिय टिमका खम्बा भनेपनि हुने, शरद भेषावकर । उनी २९ औं वर्षमा हिंडिरहेका छन् । फिनिसरको छवी बनाएका शरदले केन्यासँगको खेलमा खतरनाक बलरको छवि पनि बनाएका छन् । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल २७ औं वर्षमा छन् । सामान्यतया तेश्रो नम्बरमा ब्याटिङ गर्ने ज्ञानेन्द्र अचेल ओपनिङ गर्न थालेका छन् । आज पनि उनले सुनिल धमलासँग मिलेर ओपनिङ गर्ने लगभग पक्का जस्तै छ ।

विकेट किपिङमा सुवास खकुरेललाई विस्थापित गरेका विनोद भण्डारी २७ वर्ष पूरा भएका छन् । उनी ठुला सट खेल्ने ब्याट्स्म्यान हुन् । नेपाली टोलीको मिडिल अर्डरका भरोसा रहेका अलराउण्डर सागर पुन २४ वर्षका हुन् । उनले २६ दिन अघि मात्र जन्मदिन मनाएका थिए । जुनियर टिमका कप्तान समेत रहेका भुवन कार्की भर्खरै २३ वर्ष पुग्दैछन् ।

नेपाल आयोजक बङ्गलादेश, पाकिस्तान र हङकङसंगै समूह ‘बी’ मा छ । यो प्रतियोगितामा आजै भारत र श्रीलंका, वंगलादेश र हङकङ तथा अफगानस्तान र मलेशिया खेल्नेछन् । विश्वकप नखेलेका तर राम्रो प्रदर्शन गरिरहेका देशलाई एशियाली क्रिकेट काउन्सिलले यो प्रतियोगिता गराउन थालेको हो । प्रतियोगितामा भारत पाकिस्तान श्रीलंका र बंगलादेशले भने २३ वर्षमुनिको टिमलाई सहभागी गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति