नेपालद्वारा सिंगापुरसामू १६९ रनको लक्ष्य प्रस्तुत

 

 

६ साउन, काठमाडौं । आईसीसी यू-१९ विश्पकप छनोटमा नेपालले सिंगापुरसामू १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । सिंगापुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनायो ।नेपालको सुरुवात खासै राम्रो हुन सकेन । २० रन जोड्दा पहिलो विकेटका रुपमा अनिल साहलाई व्यक्तिगत ७ गुमाएको नेपालले थप १२ रन जोड्दा प्रनिथ थापामगर ८ रन जोडेर आउट भए । आशिफ शेख पनि ७ रनमै आउट भए ।चौथो नम्बर ब्याटिङमा आएका दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनारले ३५ रनको साझेदारी गरे सन्दिप २६ रनमा आउट भए । लगातार ३ खेलमा चल्न नसकेका उनले शुक्रबार सिंगापुरविरुद्ध भने ५५ बलमा २ चौका र १ छक्का हानेका थिए ।Nepal-U19-Vs-Malaysia-U19-11-768x429

पाँचौं विकेटका लागि दिपेन्द्र र रोहितकुमारले ४१ रनको साझेदारी गरे । रोहित १५ रनमा आउट भए । पवन सरार्फ मात्र २ रनमा आउट भए । सातौं विकेटका लागि प्रकाश केसीसँग १६ रनको साझेदारी गरेका ऐरी अर्धशतक बनाएर बाहिरिए । ८३ बलको सामना गरेका उनले २ चौका र २ छक्काको मदतमा ५४ रन बनाए ।

थप २४ रन जोड्दा नेपाल अलआउट भयो । प्रकाशले २३ रन बनाए भने सन्दिप लामिछोनेल ५ र ललित राजवंशीले १ रन बनाए । किशोर महतो १ रनमा नटआउट रहे ।
सिंगापुरका बीबी विक्रमले ३ विकेट लिँदा आहान गोपीनाथ आचार र आर्यमन सुनिलले २-२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति