नेता पौडेलले एमाले अध्यक्ष ओलीलाई कारवाही गर्न माग गरे

0304201603412603042016024951Ramchandra_Paudel-1000x0-1000x0१३ असार । एमाले अध्यक्ष केपी ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाको सरकारलाई सद्दाम हुसेनको सरकारसँग तुलना गरेपछि सत्तारुढ दलका तर्फबाट प्रतिक्रिया आएको छ ।

 काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी प्रवक्ता पम्फा भुसालले ओलीको अभिव्यक्तिमाथि प्रतिक्रिया दिएका हुन् ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष ओलीलाई कारवाही गर्न माग गरेका छन् । स्थानीय तह दोश्रो चरणको निर्वाचन प्रक्रिया अन्र्तगत मौन अवधीमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसलाई गालीगलौज गरेको भन्दै निर्वाचन आयोगको ध्यानकर्षण गराए ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसको सरकार र सद्दाम हुसेनको सरकारमा कुनै फरक नरहेको कडा टिप्पणी गरेपछि काँग्रेस नेताको यस्तो प्रतिक्रिया आएको हो ।
नेता पौडेलले एमाले अधिनायकवादको बाटोमा गएको भन्दै एमाले ओलीले पक्षपातपूर्ण ढंगले व्यवहार गर्दै आएको बताए ।

पौडेलले भने– ‘उहाँहरुले राष्ट्रिय झण्डाको दुरुपयोग गर्दै आउनुभएको छ, यसरी चुनावको मुखमा मौन अवधीका बेला पत्रकार सम्मेलन गर्नु खेदजनक छ । आचारसंहिता उल्लंघन गरेकोमा उनलाई कारबाही गर्नुपर्छ ।’

पौडेलले भने, ‘सरकार बनेको कति दिन भयो के आधारमा उनले कांग्रेसको सरकारलाई सद्दाम हुसेनसँग तुलना गरे
पौडेलले एमाले गैरजिम्मेवार मान्छेहरुको भीड भएको टिप्पणी गरे ।

माओवादी प्रवत्ता पम्फा भुसालले दोस्रो चरणको चुनावमा पहिलोमा भन्दा कम नजिता आउने अनुमान देखेपछि ओलीको यस्तो प्रतिक्रिया आएको बताइन् । उनले यो भनाईले सत्ताबाट बहिरिँदाको छटपटाहट ओलीमा अझै कायम रहेको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने