निर्वाचन आयोग : निर्वाचन आचारसंहिता पालनाप्रति सरकार उदासिन

११ असोज, काठमाडौं । निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय फिर्ता बोलाइएको विषयलाई निर्वाचन आचारसंहिता पालनाप्रति सरकार उदासिन रहेको घटनाका रुपमा लिएको छ ।

निर्वाचन आचारसंहिताको विषयमा उठेका प्रश्नका बारेमा सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न/गराउन सरकार र राजनीतिक दलको पुनः ध्यानाकर्षण गराए ।

निर्वाचन आयोगले प्राधिकरणका महानिर्देशकलाई फिर्ता बोलाइएको विषयमा मन्त्रालयसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उनले भने, “उच्च तहको कर्मचारीको काज खटाउँदा, फिर्ता बोलाउँदा वा सरुवा गर्दा आयोगसँग सहमतिसम्म माग नगर्ने अभ्यास गम्भीर विषय हो ।”Election-Commission-Nepal

राजनीतिक दलले आफ्नो पार्टी कार्यालयमा चियापान र शुभकामना आदानप्रदान कार्यक्रम गर्नसक्ने उनले जानकारी दिए ।

स्थानीय तहको निर्वाचन ज्यादै शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै आयुक्त शाहले निर्वाचनमा कुनै पनि हिंसात्मक घटना नभएको उल्लेख गरे ।

स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोगले ३७ वटा आचारसंहिता उल्लंघनका विषयमा स्पष्टीकरण सोधेकामा अब छ वटाको मात्र जवाफ आउन बाँकी रहेको जानकारी सो अवसरमा दिइयो ।

हालसम्म विभिन्न एक हजार ८५५ विषयमा सहमति माग भई आएकामा एक हजार १८५ लाई सहमति प्रदान गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने