नयाँ दल दर्ताका लागि प्रक्रिया शुरू

काठमाडौं, भदाै ७ः निर्वाचन आयोगले नयाँ दल दर्तासम्बन्धी निवेदनमा उल्लेखित सांसदहरूको बारे बुझन् प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाएको छ ।

आयोगमा नयाँ दल दर्ताको लागि माधवकुमार नेपाल र महन्थ ठाकुरले निवेदन दिने क्रममा उल्लेख गरिएका सांसदहरू सम्बन्धित दलका हुन् कि होइनन् भनेर छिनोफानो गर्न आयोगले पत्र पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनले भने– ‘हामी सभामुखको जवाफ पर्खिरहेका छौं ।’

राजनीतिक दल विभाजन गर्न खुकुलो हुने गरी सरकारले अध्यादेश ल्याएपछि नेकपा (एमाले) का वरिष्ठ नेता नेपाल र जसपाबाट अलग्गिएका ठाकुरले नयाँ दल दर्ताको लागि आयोगमा निवेदन दिएका थिए । नेपालले आफ्नै नेतृत्वमा नेकपा एकीकृत (समाजवादी) पार्टी र महन्थ ठाकुर पक्षले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दर्ताका लागि आयोगमा निवदेन दिएका थिए ।

नेता राजेन्द्र पाण्डेले आयोगका अनुसार माधव नेपाललाई संघीय सांसदहरूको संख्याका आधारमा नयाँ दल दर्ता गर्न ३१ सांसद आवश्यक पर्छ भने महन्थ ठाकुरलाई ७ सांसद भए २० प्रतिशत पुग्छ । नेकपा एकीकृत (समाजवादी) पार्टीले आयोगमा ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको छ भने दुवै सदनका ३१ सांसदले माधव नेपाललाई साथ दिएको जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की