धुर्मुस सुन्तलीले ललीतपुरमा ‘नमुना नेपाल’ को नमूना बनाउने

धुर्मुस_सुन्तलीले_भेटे_खोजेजस्तै_जग्गा,_स्वीकृती_पाए_नमुना_नेपाल_को_काम_सुरु_हुने5293

काठमाण्डौँ। हाँस्यकलाकार तथा समाजसेवी धुर्मुस सुन्तली उर्फ सिताराम कट्टेल र कुञ्जना घिमिरे सुन्तलीको महोत्वाकांशी योजना अब विश्वले चिन्नेछ नेपाल नेपाल भित्रको नेपाल नमुना नेपाल निर्माणको बाटो खुल्ने संकेत देखिएको छ। ।  जग्गाको बिषयलाई लिएर चिन्तित बनेका धुर्मुस सुन्तलीले आफुले खोजेजस्तै जग्गा भेटेको बताएका छन् । 

 सरकारले स्विकृती दिएमा ललितपुरको लेलेमा नमुना नेपाल बन्ने कुरा सिताराम कट्टेलले आज सामाजिक सञ्जालमार्फत बताएका हुन् । आजै जग्गाको निरिक्षण गर्न त्यसतर्फ गएका धुर्मुस सुन्तलीले आफुहरुले खोजेको जस्तै जग्गा ललितपुरमा भेटिएको बताएका हुन् । उनका अनुसार ललितपुर गोदावरी नगरपालिकाको लेलेमा रहेको सत्य सामुदायिक बन नमुना नेपालको लागि उपयुक्त हुने बताए ।

 जग्गा हेर्न गएका धुर्मुस सुन्तलीलाई स्थानियले फुल माला सहित स्वागत गदैं परियोजना निर्माणका लागि सहमति पत्र समेत प्रदान गरेका थिए । कार्यक्रममा जिल्लाका बिशिष्ठ ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । 

कार्यक्रममा बोल्दै धुर्मुसले लेले बासीको साथ र सहयोगले आफुहरु उत्साहित भएको र उहाँहरु जस्तै सबैले यस परियोजनामा साथ र सहयोग दिने बताए । ‘राष्ट्रिय गौरवको परियोजनालाई सरकारले पनि साथ दिने हामीले आशा राखेका छौं’ धुर्मुसले भने ‘यो हाम्रो मात्र सपना होईन सारा नेपालीको सपना हो ।’  

 धेरैले महत्वाकांक्षी परियोजना भनेपनि धुर्मुसलाई भने यो महत्वाकांक्षी योजना भए जस्तो लागेको छैन् । उनी भन्छन् ‘सहयोग ढिलो चाँडो उढ्छ, यो धेरै ठुलो बजेटमा बन्ने परियोजना हो, तर म यसलाई महत्वाकांक्षी योजना भन्दिन् ।’ 

उक्त स्थानिय बासीले दिएको सहमति पत्र नागरिक उड्डयान मन्त्रालय र्फत सरकारलाई प्रश्तावना समेत पेश गरिसकेको र सरकारले सकारात्मक भई यस परियोजनालाई स्विार गर्नेमा आफु विश्वस्त रहेको समेत खुलाए । सरकारले स्विकृती दिएको खण्डमा आफुहरु सबै प्रकृया मिलाएर तुरुन्त काम सुरु गर्ने र तोकिएको समयमै काम सम्पन्न गर्ने समेत उनले बताए ।  सम्पुर्ण नेपाल एकैपटक, एकैठाउँबाट हेर्न मिल्ने गरी निर्माण गरिने नमुना नेपाल बिश्वलाई नेपाल चिनाउने प्रयास पनि हो । नेपाल भरी रहेका सम्पुर्ण जातजातिको सांस्कृतीक प्रतिनिधित्व गर्ने यस नमुना नेपाल भित्र हिमाल, पहाड र तराईको जस्ताको त्यस्तै अनुभुती गर्न पाईने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न