ठगीमा संलग्न न्याैपाने प्रहरी फन्दामा

काठमाडाैं, मंसिर ११ ,प्रहरीले ठगी मुद्दामा नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायणका पूर्व कार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई नियन्त्रणमा लिएको छ ।तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख घुस दिएको प्रकरणमा मुछिएका न्यौपानेलाई चण्डोलस्थित आफ्नै निवासबाटै नियन्त्रणमा लिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पूर्व कार्यकारी अध्यक्ष न्यौपानेविरूद्ध बेरुजुसहितको बिगो २३ करोड १० लाख २३ हजार ४ सय ४३ माग गरिएको छ । पूर्व कार्यकारी अध्यक्ष न्यौपानेविरूद्ध कात्तिक २४ गते जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरिएको छ, जहाँ उनीसहित पाँच जनालाई प्रतिवादी बनाइएको ब्यूरोले जनाएको छ ।

उक्त मुद्दामा ललितपुर महानगरपालिका–९ का सूर्यबहादुर केसी, वडा नम्बर ४ जावलाखेलका रामरत्न उपाध्याय, काठमाडौं–४ विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका लवराज भट्टराई प्रतिवादी रहेका छन् ।

आयुक्त पाठकलाई ७० लाख घुस दिएको बिगोमा भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई अख्तियारले ७८ लाख धरौटी लिएर छोडेको थियो ।

यसै घुस प्रकरणपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको