जापानमा आँधीबाट पाँचको मृत्यु

टोकियो, ६ कात्तिक : मध्य जापानमा आएको आँधीबाट पाँच जनाको ज्यान गएको समाचार छ । आइतबारदेखि जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ ।

सोमबार बिहानसम्म यो आँधीबाट पाँच जनाको ज्यान गएको छ । यहाँको यातायात व्यवस्थामा नराम्ररी प्रभाव परेको छ ।

मध्य जापानी क्षेत्रहरु होन्सु र सिजाउको प्रिफेक्चरमा प्रतिघन्टा १९८ किलोमिटरको बेगमा आँधी आएको छ । यसले यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ ।

सोमबार बिहानैदेखि ती क्षेत्रमा यातायातका साधनहरु चलाइएको छैन भने व्यापार व्यावसाय पनि ठप्प भएको छ । जसका कारण विद्यालय बन्द छन् भने सरकारी कार्यालय सोमबार खुलेका छैनन् ।

मौसम विज्ञान विभागले सुरक्षित स्थानमा बस्न र घरबाट बाहिर ननिस्कन भनेको छ । ती क्षेत्रमा हवाई उड्डयनहरु पनि स्थगित गरिएका छन् ।

कतिपय स्थानीय नगरहरुमा उद्धारका लागि पनि सूचना जारी गरिएको छ । आँधीको असर राजधानी टोकियोमा पनि पर्नसक्ने भनी सतर्कता अपनाउन भनिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण