May 1, 2020

चिनीया राजदूतको बढ्दो सक्रियता, आज बिहानै प्रचण्डलाई भेटिन्

चिनीया राजदूतको बढ्दो सक्रियता, आज बिहानै प्रचण्डलाई भेटिन्

 १९ वैशाख,काठमाडौँ । नेपालका लागि जनवादी गणतन्त्र चीनकी राजदूत हौ यान्छीले केहि दिन यता सक्रियता बढाएकी छन् । आज शुक्रवार बिहानै उनले नेकपा अध्यक्ष प्रचण्डसँग भेट गरेकी छन् ।

पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डको निवासमै पुगी उनले भेट गरेकी हुन् ।

चिनियाँ राजदूत हौ यान्छीले बिहिबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारी र चिनीया राष्ट्रपति सिजीन पिंग बिच टेलिफोन वार्ता भएको सार्वजनिक गर्दै द्धिपक्षिय चासो बढेको संकेत गरेकी थिइन् । उनले बिहिबार बेलुका मात्रै प्रधानमन्त्री केपी ओलीसँग पनि संवाद गरेको बताइएको छ । यसअघि दुई दिन अगाडि मात्रै नेकपाका वरीष्ठ नेता तथा विदेश बिभाग प्रमुख एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको बिदेश विभाग प्रमुख सोङ्ग ताओसङ्ग तीन घण्टा भिडियो कन्फरेन्स गरेका थिए । सो कन्फ्रेन्समा प्रदेश पार्टी इन्चार्जहरु साथै बिज्ञ समेत सहभागी थिए ।

यी सबै घटनाक्रममा सक्रिय रहेकी राजदूत यान्छीले नेपालमा बिकसित राजनैतिक घटनाक्रम, महामारी नियन्त्रण साथै नेकपाको आन्तरीक सवालबारे चासो देखाएको र नेकपा अध्यक्ष प्रचण्डले मित्र राष्ट्र चीनको बढ्दो सहयोग एवम् चासोप्रति धन्यवाद दिंदै नेकपा अझ एकताबद्ध हुने विश्वास दिलाएको नेकपा स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने