चितवन टाइगर्सको जित, ललितपुर ५ विकेटले पराजित

पौष ८ , काठमाडौं : टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्सले पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा ललितपुर पेट्रियट्सलाई ५ विकेटले पराजित गर्दै चितवनले पहिलो जित निकालेको हो ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा ललितपुरले दिएको १३१ रनको लक्ष्य चितवनले १९ ओभर २ बलमा मात्र ५ विकेटले पुरा गर्यो ।  यो जितसँगै चितवनले इपिएल क्रिकेटको अंक तालिकामा खाता खोलेको छ ।  चितवन अघिल्ला तीन खेलमा पराजित भएको थियो । यस्तै ललितपुरको यो लगातार तेस्रो हार हो ।

ललितपुरले दिएको मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चितवनको जितमा नायक बने कप्तान दिपेन्द्र सिहं एरी र भारतीय खेलाडी प्रविन गुप्ता ।  अर्धशतकीय पारी खेलेका दिपेन्द्रले ५५ तथा प्रविनले अविजित ५६ रन बनाए । ललितपुरका सन्नी पटेलले ३ तथा सन्दिप लामिछाने र ललित राजवंशीले समान १ – १ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पुरै २० ओभरमा अलआउट हुँदै १३० रन बनाएको थियो । ललितपुरका जय किशन कोल्सावालाले ३१ तथा शंकर रानाले २७ रन जोडे ।  त्यस्तै ललितपुरका सुवोध भाटीले २३, सोनु तामाङले १९ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट भए ।  चितवनका योगेन्द्र सिंह कार्कीले ४ तथा प्रविन गुप्ता र प्रमेश कुमारले समान २ – २ विकेट लिए ।

यो जितसँगै चितवनले लिगमा ४ खेलबाट २ अंक जोडेको छ । चितवन लिगको पुछारमा छ ।  पराजित ललितपुर ४ खेलबाट २ अंक जोडेर लिगको चौथो स्थानमा छ ।

 लिगमा चार खेल जितेको विराटनगर वारिवर्स ८ अंकसहित शिर्ष स्थानमा रहदा ४ अंक जोडेको पोखरा राइनोज दोस्रो र ४ अंक नै जोडेको भैरहवा ग्लाडियटर्स तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति