गृहमन्त्री : गृह प्रशासन सुधार्न इमान्दार प्रयास गर्छु, चमत्कार हुँदैन

४ साउन, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले गृह प्रशासन सुधारका लागि इमान्दार प्रयत्न गर्ने बताएका छन् । आफूबाट कुनै चमत्कार नहुने भन्दै उनले धेरै अपेक्षा नगर्न आग्रह पनि गरे । बुधबार सुमेरु ग्रुपको १९ औं वार्षिकोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री शर्माले भने, ‘चमत्कारी ढंगले केही गरौं, त्यस्तो हैन, इमान्दार भएर काम गर्ने मेरो प्रतिवद्धता हो, त्यसबाट बिचलित हुने छैन ।’

janardan-sharmaमन्त्री शर्माले तल्लो दर्जाको मनोबल कसरी बढाउने र जनताको सेवामा कसरी लाग्ने भन्नेतर्फ आफूले ध्यान दिएको बताए । शान्ति सुरक्षा स्थापित गर्न प्रहरी राज्यको पहिलो हात हो अनि जनताको पहिलो सहयोगी हो,’ उनले भने, ‘प्रहरी संगठनको समस्या समाधान गरेर ब्यवस्थित परिचालन गर्दा मनोबल बढ्ने र जनताको समस्या समाधान हुने भएकाले मैले त्यसतर्फ प्रयत्न गरिरहेको छु ।’

स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारी भइरहेको जानकारी दिँदै उनले त्यससँगै प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको तयारी पनि सरकारले गरिरहेको बताए ।‘नयाँ संविधानसँगै प्राप्त भएका अधिकारहरु समानुपातिक, समावेशी, स्वास्थ्य, शिक्षा तथा रोजगार लगायतका धेरै महत्वपूर्ण अधिकारहरु लाई जनतामा लैजानका लागि हामी बाँकी निर्वाचनहरु गरेर जनताका प्रतिनिधिको शासन स्थापित गर्न आवश्यक छ,’ मन्त्री शर्माले भने, ‘त्यसका लागि सकार लागिराखेको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने