को हुन् पाइलट पारस ?

goma-air-1-555x263जेठ १४, काठमाडौं – पाइलट भएर आकाशमा ९ हजार ६ सय ६८ घन्टा उड्दासम्म ४८ वर्षीय पारसकुमार राईलाई केही भएन। तर, शनिबार दिउँसो १ :३० बजे काठमाडौंबाट उडेको गोमा एयरको नाइन एन एके वाइ कल साइन विमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा ल्याण्ड गर्नै लाग्दा अनियन्त्रित हुँदा दुर्घटनाग्रस्त भयो।

विमानको अगाडि भाग भुइँमा जोतिएपछि पाइलट राई गम्भीर घाइते भए। घाइते पाइलटलाई उद्धारपछि तत्काल लुक्लाको अस्पतालमा पुर्याइयो तर, चिकित्सकले उनलाई बचाउन सकेनन्। चिकित्सकलाई उद्धृत गर्दै त्रिभुवन अन्तराष्ट्रिय
विमानस्थल नागरिक उड्डन प्राधिकरण कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले भन्नुभयो, ‘एक कुशल पाइलटलाई हामीले गुमायौँ।’

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका चपली निवासी राईका श्रीमती र दुई सन्तान छन्। ठूली छोरी पाँच कक्षामा पढ्छिन् भने छोरा १ कक्षा।

सन् १९६९ जनवरीमा राईको जन्म भोजपुरमा भएको थियो। राई २०१४ अप्रिलबाट गोमा एयरमा आवद्ध हुनु भएको थियो। उहाँले गोमा एयरमा आवद्ध भएपछि मात्र एलइटी ४१० को विमान नै १८ सय ४५ घन्टा उडाइसक्नु भएको थियो।

उहाँको पाइलट लाइसेन्स नम्बर ९एडीपीइएल नम्बर० २१९ हो। अहिलेसम्म उहाँले टुइनटर, डोनियर जहाज उडाइसक्नु भएको थियो। अहिले भने उहाँले एलइटी ४१० उडाइरहनु भएको थियो। लुक्लामा दुर्घटना भएको जहाज चेकोस्लाभियामा बनेको हो। व्यवसायमा इमान्दार र मिनसार राई सबैसँग घुलमिन भएर रमाउन चाहानुहुन्थ्यो। यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न