कोरोना संकटमा मजदुरलाई राहत श्रमिकले भने वेलिज मेरो मन्दिर

download

चैत ८, काठ्माडौ । हाल विश्वमा महामारीकोरुपमा तिव्र गतिले फैलदै आईरहेको प्राणघातक सरुवा रोग coronavirus (Covid-19)  लाई नियन्त्रण तथा जोखिम कमगर्ने उद्देश्यले नेपाल सरकारले मिति २०७६ चैत्र ५ गते सिनेमाहल, ल्कव, जिम, सपिङमहल साथै मनोरन्जन स्थलहरु बन्दगराउने निर्णयको सवैभन्दा पहिला समर्थन र सहयोग गर्दै काठमाडौ, लैनचउर स्थित वेलिज क्यासिनोको व्यवस्थापनले पनि आफ्नो कर्मचारी लगायत क्यासिनो आउनुहुने पाहुँनाहरुको स्वास्थ्यलाई ख्यालगर्दै सोहीदिन देखी अर्को सूचना टाँस नभएसम्मको लागि भन्दै क्यासिनो बन्द गरेका छन् । क्यासिनोका सिनियर एच.आर प्रवन्धक श्री मिलन राई द्धारा प्राप्त जानकारी अनुसार बन्द अवधिभरको सम्पुर्ण श्रमिकहरु लाई पुरै खाईपाईआएको तलव+भत्ता  दिने निर्णय व्यवस्थापनले गरेको जानकारी दिनु भो । उहाँले आफ्नो कुरा थप्दै भन्नुभो “वेल्लिज क्यासिनो व्यवस्थापकको मुख्य विशेषता भनेको नै आफ्ना कर्मचारीहरुको घरमा पनि चुलो बल्नु पर्दछ, कम्पनीप्रति कर्मचारी खुशीभए स्वत स्फुर्तभई काम गर्ने हो , जुनियर कर्मचारी देखि मालिक सम्मको टिमवर्कले नै नेपालको नम्वर एक क्यासिनो हुन सफल भएको हो भन्ने विश्वास गर्दछौ र गरिरहन्छौ ।”

IMG_20200321_174554वेलिज क्यासिनो नेपालको सवैभन्दा कान्छो अथवा पछी संचालन सुरुभएता पनि हाल नेपालमा नम्वर एक क्यासिनो बन्नपुगेको छ । प्राप्त जानकारी अनुसार कोरोना भाईरसको समाचार आएदेखीनै गेष्ट र स्टाफ प्रवेशगर्ने गेटहरुमा मेडिकल हेल्प डेस्क र डाक्टर राखि चेक जाँच गराउने, प्रत्येक टेवलहरुमा सेनिटाईजर राख्ने, गेष्ट र सम्पुर्ण कर्मचारीहरुलाई प्रत्येक दिन माक्सहरु वितरणगरी रोकथामको लागि सजगता उपनाउदै आएका थिए । त्याहाँ कार्यरत जुनियर कर्मचारीका अनुसार क्यासिनो बन्द भयो भने के गर्ने, भाडा कसरी तिर्ने, के खाने, परिवार कसरी पाल्ने भनि चिन्तिा लागिरहेको थियो तर व्यवस्थापनले बन्द अवधिभरको पुरै तलव भत्ता दिने सूचना टाँसेपछि खुशीले गदगद भएँ, म मात्र होईन सवै कर्मचारीहरु खुशीछन् । अझ उक्त कर्मचारीले आफ्ना कुरा थप्दै भने “यस्तो संकटको वेलामा वेलिज कयासिनोको मालिक भगवान बन्नुभो, अझ खुशी हुँदै भने यो वेलिज क्यासिनो मेरो कर्मगर्ने मन्दीर हो त्यसैले सधै म यहाँ मनदेखीनै सकेको सत्कर्म गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने