कोदालोले हानेर श्रीमतीको हत्या !

२१ साउन, पाल्पा – पूर्वखोला गाउँपालिका–५ जोगीढुंगाका रनवीर दमाईंलाई कोदालाको पासोले हानेर श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ ।

दमाईंले ४० वर्षीया श्रीमती सुकमाया परियारलाई हानेर हत्या गरेको आरोप जिप्रका पाल्पाले लगाएको छ । रक्सीले मातेका दमाईंले सामान्य घरायसी झगडामा शुक्रबार राति करिब १० बजे सो वारदात गरेको जिप्रका पाल्पाका प्रहरी निरीक्षक अवधकिशोर ओझाले जानकारी दिए ।

दमार्इंले सधैँ रक्सी सेवन गरेर श्रीमतीलाई शारीरिक तथा मानसिक यातना दिँदै आइरहेको स्थानीयवासीले बताएका छन् । अभियुक्त दमार्इंलाई अहिले प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न