कैलाली बस दुर्घटनामा ३ काे मृत्यु, ३२ घाइते

२६ कात्तिक, धनगढी : बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका-३ धपेनी भन्ने ठाउँमा आइतबार बिहान दुर्घटना हुँदा  ३ जनाकाे ज्यान गएकाे छ भने ३२ जना घाइते भएका छन् ।

मृतक तीनै जना महिला हुन् । प्रहरीका अनुसार,  मृतक ३ जनामध्ये शिवनाथ नगरपालिका, बैतडीकी ६४ वर्षीय भुन्टीदेवी चन्दको मात्रै पहिचान खुलेको छ ।

 

दुर्घटनाका घाइते ३२ मध्ये ५ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार, गम्भीर घाइते २ जनालाई थप उपचारका लागि भारतको हलद्वानी लगिएको छ भने बाँकीको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।

अत्तरिया-डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना ७ख २७२३ नंको बस सडकबाट करिब ६० मिटर तल खसेर अाइतबार बिहान दुर्घटना भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ