राजधानीको मुटु दरबारमार्गमा जुवाघरद्वारा कानुनी राज्यको उपहास, मजदुरहरु विचल्लीमा

unnamedकाठ्माडौ । अदालतको अन्तरिम आदेशको भर र राजनीति आडमा चल्दै आएका रोयलक्यासिनोको पाँचतारे होटल याक एण्ड यति सँग गरिएको घरवहाल करार सम्झौताबुधवार सकिएसँगै अन्तरिम आदेश पनि सकिएको हुँदा क्यासिनोका मजदुरहरुविचल्लिमा परेकाछन्। १८ वर्ष सम्म स्वर्गिय आरडी टटलले चलाएको उक्त क्यासिनोआजभन्दा ठिक दश वर्षअघि अर्थात सन २०१० फेबु्रवरी ६ मा नयाँ व्यवस्थापनलेहोटलसँग क्यासिनो संचालन गर्नको लागि घर वहाल करार सम्झौता गरेको थियो ।
तर करार बमोजिम भाडा र कर चुक्ता नगरेपछि होटल र क्यासिनो सचालकहरु विच तिक्तता सुरुभएको हो। उक्त सम्झौता अनुसार मिति २०२० फेबु्रवरी ५ तारिख करार सम्झौता सकिएको हो । क्यासिनो संचालन नियमावली २०७० बमोजिम संचालन नगरेकोले मिति २०७१।०१।०५ को पर्यटन मन्त्रालयको पत्र समेतबाट क्यासिनो लाईसेन्स खारेज गरेको जानकारी गराएको हुँदा, होटलले क्यासिनोलाई उक्त क्यासिनो बन्दगर्न सूचना दिएपछी गिल्ट ईन्भेष्टमेन्ट प्रा.लि. संचालक सुरेन्द्र बहादुर सिंहले नेपाल सरकार, पर्यटन, गृह मन्त्रालय, जिल्ला प्रशासन र होटललाई विपक्षी बनाई सर्वोच्चमा रिट निवेदन दिई होटल सँगको करार सम्झौता सम्मको अन्तरिम आदेश गराएका थिए। त्यस पस्चात सिंहले भारतिय नागरिक आषिश पटेललाई विक्री गरी नेपाली नागरीक जयन्ती थापाको नाममा राखेका थिए, तर ६ महिना अगाडी जयन्तीको नामबाटअनिश शर्माको नाममा आएको स्रोतले वताउछ । उनले पनि होटलको भाडा, कर र कर्मचारीहरुको ३ महिना देखी तलव दिएको छैन । त्यसैले सम्झौता सकिनु भन्दा अघिनै क्यासिनो संचालकलाई होटलले पटक पटक ३५ दिने सूचना दिई खाली गर्नअनुरोध गरेको थियो । तर क्यासिनो संचालक भने बन्द गर्नुको साटो उल्टै सम्झौता सकिएको दिन देखी सम्पर्कविहिन भई विभिन्न शक्ति केन्द्र धाईरहेको जानकारीमा आएको छ ।
स्रोतका अनुसार क्यासिनोमा ताला लगाउन नदिनको लागि नक्कली कार्डबनाई गुण्डाहरुलाई धमाधम भर्ना गरेकाछन् र थप शक्तिको लागि दरवार मार्ग स्थित लेण्डमार्क होटेलमा थप गुण्डाहरुलाई राखिरहेको जानकारी आएको छ । यस्तो अवस्थामा क्यासिनोका मजदुर यूनियनहरुले पनि मालिक केही दिन देखी सम्पर्क विहिन भएको भन्दै मिति २०२० फेबु्रवरी ६ तारिखका दिन आफ्नो रोहवरमा क्यासिनो संचालन सुरु गरिएको कुरा संयुक्त ५ वटा यूनियनहरुले हस्ताक्षर गरी सूचना टाँस गरेका थिए । हाल होटल संचालकले पनि अगाडीको प्रवेश द्दवार पुर्णरुपमा आवत जावतको लागि बन्द गरिदिएकोछ त्यसैले माघ २३ गते देखी एक जना पनि गेष्ट नगएको कारण भित्र सुनसान रहेको जानकारीमा आएको छ । यसरी एकाएक मालिक विहिन भएपछी मजदुर युनियनहरुले श्रम कार्यलय लगायत सम्बन्धित ठाँउहरुमा निवेदन दर्ता गराएको थाहा भएकोछ ।
विशेष स्रोतका अनुसार होटल ले क्यासिनो संचालनका लागि कुनै एक प्रतिष्ठित विदेशी कम्पनीसँग सम्झौता गरिसकेकोछ । रोयल क्यासिनो सँगको सम्झौता सकिएपछि होटलले खालिगराई त्यसठाँउ हस्तान्तरण गर्नुपर्ने हुन्छ । त्यसै कारणले नयाँ आउने क्यासिनो संचालकले त्यस दिनको प्रतिक्षामा बसिरहेको अनुमान गरिएको छ ।
यसरी क्यासिनो संचालन नियामावली २०७० विपरित रोयल क्यासिनो संचालकले चलाउदै आईरहेको अवस्थामा अझ विना मालिक गैरकानुनीरुमा मजदुरहरुले संचालन गर्दा पनि राज्यको सम्बन्धित निकायहरुले आँखा चिम्लिएर बसेको जस्तो देखिन्छ ।
स्रोतका अनुसार मजदुरहरुको ३ महिनाको तलव पनि नदिई चलाईरहेकोले त्याहाँका श्रमिकहरुले साथछोड्न थालेसी भुमिगतरुपमा व्यवस्थापककै निर्देशनमा केहि दिनदेखी विभिन्न बाहिरका गुण्डा ल्याई नक्कली परिचयपत्र बनाउदै भर्नागरेर हाल कार्यरत श्रमिकहरुलाई नै त्रसित गराईरहेकोभन्ने सुनिएकोछ । साथै त्यस ठाँउको ६ वटा युनियनहरु मध्य एउटा एमाले समर्थित युनियनका १५–२० जना श्रमिक र संचालकहरुका भाई, भतिजा, भान्जाहरुलाई मात्र आर्थिक प्रलोभनमा पारी आफ्नो पक्षमा लविङगर्न लगाईरहेको छ । त्यस बाहेक ५ वटा युनियन र सम्पुर्ण श्रमिकहरुलेभने यस्ता श्रमिकमारा मालिक गएकैठिक वरु अरु कोही होटलले नयाँ र विश्वासिला मालिक ल्याईदिए हमी हाँसी हाँसी फुलमालाले स्वागत गर्ने थियौ भनिरहेको बुझिएको छ । स्रोतका अनुसार गुण्डा र एमाले समर्थित यूनियका केही व्यक्तिहरुका कारण अव आउने राम्रा मालिकहरु पो कतै हच्किने हो कि ? भन्ने चिन्ता गरिरहेको थाहाभएको छ ।
              सोही ठाँउमा कार्यरत कर्मचारीका अनुसार अव कुनै पनि हालतमा होटलले हालको मालिकलाई क्यासिनो संचालन गर्न दिदैन भन्ने कुरा थाहा हुँदा हुँदै पनि केही आसे पासे र आर्थिक प्रलोभनमा परि भ्रम फैलाउदै हिड्नेहरुबाट नयाँ आउने मालिकलाई नै आउन नदिई पुरानै मालिकको लागि मरिहत्ते गरेको देखिएको जानकारी छ । त्यसैले त्यहाँका पिडित श्रमिकहरुले यस्ता अपराधि, श्रमिकमारा, गैरकानुनी तरिकालेक्यासिनो संचालन गर्ने जो सुकै संचालकलाई पनि तुरुन्त समातेर आफुहरुको पाउनु पर्ने रकम उपलव्ध गराई कानुन बमोजिम कार्वाही गरिदिए हुन्थ्यो भनि विलौना गरिरहेको छ ।unnamed
स्रोतका अनुसार होटलले पटक पटक ३५ दिने सुचना टाँस गरिएको वोधार्थ विभिन्न प्रशासनिक निकायहरुमा जानकारी गराई करार सम्झौता सकिएको भलिपल्ट ताला लगाउनलाई जाँदा त्यहाँका भाडामा राखिएका गुण्डाहरुले विभिन्न अस्लिल शव्दहरु प्रयोग गरी गालिगर्दै अवरोध पु¥याउदा समेत सम्बन्धित राज्यका निकायहरुबाट वेवास्था गरि रमितामात्र हेरेर बसेको थाहा भएकोछ । नत्र एक वर्ष संचालन पछी फेरी अर्को वर्ष संचालन गर्नलाई ईजाजत लिनु पर्ने व्यवस्थाछ । यदि कुनै पनि नेपाल सरकारलाई तिर्नुपर्ने राजस्व, कर्मचारीहरुको दाईत्व, कर, आदि ईत्यादि ल्कियर छैन भने ईजाजत दिन मिल्दैन त्यो गैर कानुनी हुन्छ । तर त्यो क्यासिनोले गैरकानुनी रुपमा संचालन हुँदा राज्यले के हेरेर बसेको थियो भनि कर्मचारीहरुको दुखेसो छ ।
यसरी वषौ सम्म राज्यलाई कर, राजस्व, होटललाई भाडा र श्रमिकहरुको तलव, संचयकोष नदिई गैरकानुनी रुपमा राज्यलाई नै अटेर गर्ने मजदुरमारा दलाल रास्ट्रघाती संचालकहरुलाई तुरुन्त कानुनी कठघरामा ल्याई सशक्त  कारवाही गर्नु जरुरीछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्