कांग्रेस ३५ स्थानमा विजयी (सूचीसहित)

Galkot-Nagarpalika-Congress३ जेठ, काठमाडौं । स्थानीय तहको पहिलो चरणको चुनावमा पछिल्लो परिणाम अनुसार नेकपा एमाले पहिलो स्थानमा छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा छ ।

दिउँसो साढे ३ बजेसम्मको नतिजा अनुसार एमाले ३७ र कांग्रेस ३५ स्थानमा विजयी भएका छन् । कांग्रेस विजयी भएका स्थान यसप्रकार छन्:

 

हुम्लाका सिमकोट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पदम लामा र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार वली रावत विजयी भएका छन् ।

जुम्लाका पातारासी, सिन्जाकनकासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । पातारासीमा लक्ष्मण बोहोरा, सिन्जामा देवलसिंह रावल र कनकासुन्दरीमा नरविर रावत विजयी भएका छन् ।

जाजरकोटका बारेकोटकुशे गाउँपालिका कांग्रेस विजयी भएको छ । बारेकोटको अध्यक्षमा कांग्रेसका महेन्द्रबहादुर शाह र उपाध्यक्षमा माओवादीकी उमा शाही विजयी भएका हुन् । यसैगरी कुशे गाउँपालिकाको अध्यक्षमा हरिचन्द्र बस्नेत र उपाध्यक्षमा रामछाया शाही विजयी भएका छन् ।

दैलेखको डुंगेश्वर गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको छ । अध्यक्ष पदमा नगेन्द्रबहादुर मल्ल र उपाध्यक्षमा एमालेकी कलावती न्यौपाने विजयी भए ।

सुर्खेतको चिङ्गाड गाउँपालिकाको अध्यक्षमा कांग्रेसका देवबहादुर चन्द र उपाध्यक्षमा मनमाया आचार्य विजयी भएका छन् ।

सल्यानको त्रिवेणी गाउँपालिकाको अध्यक्षमा मानबहादुर डाँगी र उपाध्यक्षमा करुणा गिरी विजयी भएका छन् ।

बाग्लुङको गलकोट, तमानखोलानिसीखोला गाउँपालिकाको नतिजा पनि कांग्रेसको पक्षमा गएको छ । गलकोटको अध्यक्षमा भरत शर्मा गैरे र उपाध्यक्षमा रेणु काउचा विजयी भएका छन् । तमानखोलाको अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्षमा मानसरी शेरचन विजयी भएका छन् । निसीखोलाको अध्यक्षमा तारानाथ पौडेल निर्वाचित भए ।

पर्वतको पैंयुँ गाउँपालिकाको अध्यक्षमा खगेन्द्र तिवारी र उपाध्यक्षमा जसमती गुरुङ निर्वाचित भएका छन् ।

मुस्ताङको थासाङ, लोमान्थाङबाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा कांग्रेस विजयी भएको छ । थासाङ गाउँपालिकाको अध्यक्षमा बुद्धि शेरचन र उपाध्यक्षमा बालकुमारी शेरचन तथा लोमान्थाङको अध्यक्षमा सुवर्णकुमार विष्ट र पेमाडोल्मा विष्ट विजयी भएका छन् । बाह्रगाउँ मुक्तिक्षेत्रको अध्यक्षमा कांग्रेसका फेन्चोक छेप्तेन गुरुङ र उपाध्यक्षमा एमालेकी ढिकी गुरुङ विजयी भएका छन् ।

मनाङको नार्फुनाशोङ गाउँपालिकामा कांग्रेस विजयी भएको छ । नार्फुको अध्यक्षमामिङमा छिरिङ लामा निर्विरोध निर्वाचित भएका थिए भने नाशोङको अध्यक्षमा चन्द्र घले र उपाध्यक्षमा कोमलमाया गुरुङ विजयी भए ।

सिन्धुलीका घ्याङखोलागोलन्जोर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

गोरखाको चुमनुव्री गाउँपालिकाको अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ र उपाध्यक्षमा माओवादीकी कुमारी गुरुङ विजयी भएका छन् । यस्तै, गोरखाकै गण्डकी गाउँपालिका प्रमुखमा कांग्रेसका होमबहादुर राना निर्वाचित भएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका युवराज कुँवर र उपाध्यक्षमा एमालेकी सगुन गुरुङ विजयी भएका छन् ।

लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा कांग्रेसका रमेशकुमार पाण्डे उपमेयरमा एमालेका राजकुमार श्रेष्ठ विजयी भएका छन् ।

नवलपरासीका चार स्थानीय तह कांग्रेसले जितेको छ । नवलपरासीका बुलिङटार, बुङ्दीकाली, हुप्सेकोटविनयीमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

बुलिङटारको अध्यक्षमा शशि बस्ताकोटी र उपाध्यक्षमा मैना विक विजयी भएका छन् । बुङ्दीकालीको अध्यक्षमा दुर्गाबहादुर राना र उपाध्यक्षमा एमालेकी डिलकुमारी सारुमगर विजयी भएका छन् । हुप्सेकोटको अध्यक्षमा लक्ष्मी पाण्डे र उपाध्यक्षमा एमालेको कोपिला मल्ल विजयी भएका छन् ।

यसैगरी, विनयी-त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका डम्मर जिसी र उपाध्यक्षमा कांग्रेसकै मीना राना विजयी भएका छन् ।

रसुवाको उत्तरगयानौकुण्ड गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । उत्तरगयाको अध्यक्षमा उपेन्द्रराज लम्साल र उपाध्यक्षमा चमेली गुरुङ तथा नौकुण्डको अध्यक्षमा कांग्रेसका नुर्पुसाङ्गो तामाङ र उपाध्यक्षमा एमालेकी सिर्जना लामा विजयी भएका हुन् ।

नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका छत्र लामा विजयी भएका हुन् । तादी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि कांग्रेसकै पोल्टामा परेको छ । तादीको अध्यक्षमा नारायणप्रसाद पाण्डे र उपाध्यक्षमा ईश्वरी उप्रेती विजयी भएका हुन् ।

यस्तै, काभ्रेको बेथानचोक गाउँपालिका तेमाल गाउँपालिकाको प्रमुख र उपप्रमुखमा पनि कांग्रेसका उम्मेदवारले बाजी मारेको छ । बेथानचोकको अध्यक्षमा कांग्रेसका प्रेमबहादुर तिमल्सिना र उपाध्यक्षमा सरिता लामिछाने तामाङ विजयी भएका छन् । यस्तै, तेमाल गाउँपालिकाको प्रमुखमा कांग्रेसका सलामसिंह लामा र उपप्रमुखमा दुर्गामाया तामाङ विजयी भएका छन् ।

दोलखाको वैतेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका छवि लामा निर्वाचित भएका छन् ।

सिन्धुलीको घ्याङलेखगोलन्जोर गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । घ्याङलेखको अध्यक्षमा जगतबहादुर भोलन र उपाध्यक्षमा दुर्गादेवी सुनार तथा गोलन्जोरको अध्यक्षमा पुष्प कार्की तथा उपाध्यक्षमा गंगादेवी श्रेष्ठ विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द