कांग्रेसभित्र भाडभैलो, फोनमै तँ त र म म को स्थिति

18176122_1377956998959637_1625504336_oकाठमाडौं: स्थानीय तहका उम्मेद्वार छनोट गर्ने विषयमा नेपाली कांग्रेसभित्र विवाद चर्किएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय निर्वाचन परिचालन कमिटीबाटै राजिनामा दिने चेतावनी दिएपछि महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलाई उम्मेदवार छनोट समितिबाट हटाइएको छ ।

सभापति देउवा र महामन्त्री शशांकको सहमतिमा गरिएको यस्तो निर्णयका कारण रामचन्द्र पौडेल हैरान थिए । पौडेल पार्टी कार्यालयमा पुग्दा सभापति देउवा त्यहाँ थिएनन् । उनले मुख्य सचिव कृष्ण पौडेललाई बोलाउने आदेश दिए । पत्रकार कृष्ण केसीले पौडेललाई बोलाएपछि उनले पार्टीको परिपत्र देखाउँदै-यो कसले लेख्नु भन्यो ? भन्दै आक्रोशयुक्त प्रश्न गरे ।

चार जना पत्रकार समेत भएको ठाउँमा बरिष्ठ नेता पौडेलले मुख्य सचिव पौडेललाई तुरुन्त परिपत्र फेर्न निर्देशन दिँदै झपारेपछि पत्रकारहरु बाहिरिए । मुख्य सचिव पौडेलले सभापतिको निर्देशनमा परिपत्र गरिएको भन्दै आफूले फेर्न नसक्ने बताएपछि नेता रामचन्द्रले उसोभए निर्वाचन परिचालन समितिबाट राजिनामा दिने बताए ।

तत्कालै सभापति देउवालाई फोन लगाउन आदेश दिँदै पौडेल आक्रोशमा आएपछि दोहोरो भनाभनसमेत भएको प्रत्यक्षदर्शीले बताए ।देउवासँग फोन लाग्नासाथ उनले आफ्नो आक्रोश रोक्न सकेनन् । सभापति र बरिष्ठ नेताबीच ‘तँ तँ,म म’को शैलीमा भनाभन भएपछि मुख्य सचिव पौडेल हडबडाउँदै उभिएका थिए ।

पौडेलले देउवासँगको भनाभनपछि देउवानिकट अरु केही नेताहरुलाई समेत फोन गरे । त्यहाँ पौडेललाई नेविसंघका अध्यक्ष नैनसिंह महरले सान्त्वना दिनुपर्ने अवस्था आएको थियो । उनले महरसँग पनि देउवाले एकलौटी टिकट बाँड्न लागेको बताएका थिए ।

देउवाको जालमा परेको भन्दै पौडेलले महामन्त्री शशांक कोइरालालाई समेत गाली गरेको पौडेल निकट स्रोतले जनाएको छ । देउवा निकट एक केन्द्रीय सदस्यले भने-कांग्रेस आफ्नो लोकतान्त्रिक अभ्यासको निर्णयबाट पछाडि फर्कदा उम्मेदवार छान्ने संकट बढेको छ । अब ७४४ गाउँपालिका नगरपालिकाका अधिकांश उम्मेदवारको नाम केन्द्रमा आउने छ ।

सहमतिका आधारमा स्थानीय तह हुँदै जिल्ला कार्यसमितिले टुङ्याउन नसके कम्तिमा तीनजनाको नाम केन्द्रमा पठाउने पहिलेको परिपत्र थियो । त्यो तीनजनाको सूची बनाउन धेरै जिल्ला असफल भएका छन् । भरतपुर महानगरपालिकामा ३४ जनाको दावी नै केन्द्रमा पठाइएको छ । यो अवस्थामा उम्मेदवारी दर्ता हुने दिनसम्म कांग्रेसले उम्मेदवार तय गर्ने अवस्था छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने