ओली, प्रचण्ड र नेपाल शक्ति सञ्चय गर्न गुटगत भेलाको तयारीमा

काठमाडौं, मंसिर १२, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नो शक्ति सञ्चयका लागि आन्तरिक भेला र प्रशिक्षण तयारीमा जुटेका छन् । नेपाल समूहले पूर्वएमाले र केही पूर्वमाओवादीलाई समेटेर भेला आयोजना गर्ने तयारी गरेको छ । दाहाल पूर्वमाओवादीलाई मिलाउने प्रयासमा छन् । ओली समूहले भने दुई चरण आन्तरिक भेला गर्ने तयारी गरेको छ ।

नेपाल समूहले धेरै अघिदेखि आन्तरिक भेलाको तयारी गरको भए पनि केन्द्रीय कमिटी बैठक नजिक आएकाले त्यसलाई रोकेको छ । तर केन्द्रीय सदस्यहरूसँग समन्वय तथा छलफल भने भइरहेको स्रोतले जनाएको छ । ‘आन्तरिक रूपमा कुराकानी भइरहेको छ । पार्टीका बैठकहरू नियमित नहुँदा समस्या आउने र जनप्रतिनिधिहरूबीच पनि समन्वय अभाव हुने भएकाले छलफल र भेटघाट सामान्यजस्तै बनेको छ,’ नेपाल समूहका एक नेताले भने । कतिपय नेताहरूले दुई दिनअघि वरिष्ठ नेता नेपाल पर्सा पुग्नुलाई पनि गुटगत भेलाको तयारीका रूपमा अथ्र्याएका छन् । नेता नेपालले आफ्ना कुरा र विषय सुनुवाइ नभए देशव्यापी रूपमा कार्यकर्तामाझ जाने बताउँदै आएका छन् । सचिवालय बैठक वा अन्य सन्दर्भमा पनि नेपालले पार्टी विधिपद्धतिअनुसार सञ्चालन नभएको, आफ्नो समूहलाई पेलेको जस्ता मुद्दा लिएर कार्यकर्तामाझ जाने बताउँदै आएका छन् ।

६ दिनअघि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगर कमिटीमा गरेको सम्बोधनलाई ओली समूहले गुट भेला आयोजना गरेको भनी आरोप लगाएको छ । त्यहाँ ओली पक्षका केही कार्यकर्ताले पाण्डेमाथि दुव्र्यवहारसमेत गरेका थिए । त्यस्तै पोखरा पुगेका पाण्डेमाथि त्यहाँ आफूनिकट कार्यकर्तासँग मात्र भेटघाट गरेको आरोप लगाइएको छ । केही दिनअघि पार्टी उपाध्यक्ष वामदेव गौतम दाङ पुगेका थिए । निजी तथा पारिवारिक काममा दाङ गएका गौतममाथि ओली समूहले गुट भेला गरेको आरोप लगाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र